मेचीनगर । कृपा फ्रि मेथोडिस्ट चर्चको आयोजनामा संचालित एक बर्षीय चेलापन तालिम दीक्षान्त समारोह सम्पन्न भएको छ । शनिबार चर्चको ११ औं बार्षिक साधारण सभा एल्डर दिल राईको प्रमुख आतिथ्यमा पहिलो एघार जना समूहको दीक्षान्त समारोह सम्पन्न भएको हो ।

प्रशिक्षक होमराज राईले एक बर्ष अघिदेखि १४ जना प्रशिक्षार्थीहरुलाई “नयाँ जीवनको बाटो, र मण्डली निर्माणमा चेलापन तालिम” नामक पुस्तक साथै अन्य बाहिरी पुस्तकहरुबाट प्रशिक्षण दिइएका थिए । यो तालिम महत्वपूर्ण भएकाले निरन्तर चलिरहनेछ । अब दोस्रो समूहको क्लास शुरु हुने प्रशिक्षक राईले भने ।
दीक्षान्त समारोहका प्रशिक्षार्थीहरुलाई सम्मानस्वरुप चर्चका गुरुआमा लिली तामाङ र आमा दिदीबहिनी संगतिका अध्यक्ष दिलु मुखियाले खदा पहिर्याइ सफलताको सम्मान गरेका थिइन ।दीक्षान्त समारोहका प्रशिक्षार्थीहरुलाई सम्मानस्वरुप चर्चका गुरुआमा लिली तामाङ र आमा दिदीबहिनीका अध्यक्ष दिलु मुखियाले खदा पहिर्याइदिए सफलताको सम्मान गरेका थिइन । भने प्रमुख अतिथी दिल राईको हातबाट १४ जना प्रशिक्षर्थीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । प्रमाण पत्र पाउनेहरुमा अनिता थापा, सपना गजमेर, तिलमाया राना (कमला) बिन्दा रसाइली, एलिशा राई, गौमती मगर,शान्ति तामाङ अधिकारी, रीता तामाङ पुन, निलम थापा मगर,आलेन बिश्वकर्मा, दिलु आङ्देम्बे,सुबिना मुखिया, सिता मगर र सोलमी मण्डल रहेका थिए । प्रमुख अतिथी दिल राईले भने यो ज्ञानको भण्डार हो यसले जीवनलाई सफलताको मार्गमा डोर्याउछ त्यसैले म उत्साह दिन चाहन्छु सधै उन्नती र प्रगती चुम्दै अगाडि बढ्नु कामना दिएका थिए ।
प्रशिक्षार्थी सपना गजमेर र बिन्दा रसाइलीले यस एक बर्षे चेलापन तालिमबाट धेरै बाइबलीय गहिराईमा पुगेर बुझ्ने अवसर पाइयो वास्तवमा यो असल र सबैले लिनुपर्ने तालिम रहेछ भन्दै अरुलाई लिन उत्साह दिएका थिइन् ।
बार्षिक सभाका सभाध्यक्ष रेभ शमूएल तामाङले लामो समयखेखि चेलपन तालिममा लागि रहनु भएका आज दीक्षान्त हुनुभएका र सम्मानस्वरुप प्रमाण पत्र समेत प्राप्त गर्नुभएकोमा प्रशिक्षर्थीहरुलाई बधाइ तथा सफलताको कामना दिनुभयो ।