झापा । झापामा आठौं राष्ट्रिय भाक्का (भाका) दिवस सोमबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो।

झापाको बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा भब्यताको साथ भाक्का दिवस मनाइएको छ । राजवंशी समाज झापाको आयोजनामा विभिन्न नगरपालिकाहरु मिलेर एकसाथ भाक्का दिवस मनाएको हो । कार्याक्रममा विभिन्न पालिका ब्यवसायकर्मीहरुले आर्थिक सहयोग गरेका थिए । कार्यक्रमको उद्देश्य भनेको भाक्कालाई ब्यबसाय र सांकृतिक पहिचानकोरुपमा खाजालाई प्रयोगमा जोड दिएको छ । कार्यक्रममा विभिन्न नेता समाजसेवीले शुभकामना दिएका थिए ।

कार्यक्रमको अध्यक्षता राजवंशी बिकास समाजका अभय राजवंशीले गरेका थिए । प्रमुख अतिथि खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रि एकराज कार्कीको उपस्थितिमा र अन्य विभिन्न पालिकाका संघ–संस्थाबाट भब्य उपस्थिति रहेको थियो । मन्तब्यमा सबैले शुभकामना दिदै भाक्कालाई ब्यवसायीक बनाउनु पर्नेमा गोड दिए । कार्यक्रमलाई अझ आकर्षक र मनोरञ्जनात्मक तुल्याउन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले यो परिकारलाई हरेक वर्ष पुस २९ गते राष्ट्रिय दिवसका रूपमा मनाउन सुरु गरेका हुन्।
राजवंशी समुदायको संस्कृतिअनुसार पुस मसान्तमा पाहुनालाई भक्का दिने चलन रहेकोले हरेक वर्ष पुस २९ गते भक्का दिनव मनाइन्छ ।

नेपालका पूर्वी तराई जिल्ला झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भाक्का पोसिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईमा लोकप्रिय बनिसकेको छ ।

भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा पकाइन्छ । चिया र अचारसँग खाँदा भक्का झनै स्वादिलो हुने गर्छ । विगत ७ वर्षदेखि हरेक वर्ष पुस २९ गते झापामा भक्का दिवस मनाउन थालिएको छ । भक्काको पहिचान स्थापित गर्न र पर्यटन प्रवर्द्धन गर्न यो दिवस मनाउँदै आइएको छ ।

