![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काठमाडौँ । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् ।
शुक्रबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो पक्षमा नतिजा पार्न सफल भएका हुन् ।
![](https://khabarpostonline.com/wp-content/uploads/2024/01/binod_rai1.jpg)
सर्वाधिक भोट ल्याएको आधारमा टीम मिलनका उनले उपाधिसँगै २० लाख नगद हात पारे । यस्तै उनले विभिन्न गिफ्ट ह्याम्पर पनि पाए ।
![Laxmi sunrise bank](https://npcdn.ratopati.com/media/promo/290-3-product-adaptation-810x90px_RTHLqUnQOA.gif)
भ्वाइ अफ नेपालको फाइनालिस्टमा कोच मिलन नेवारको टीमबाट विनोद राईसहित कोच प्रमोद खरेलको टीबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको टीमबाट कुमार प्रयास राई पुगेका थिए ।