दुई करोड बढी रकमसहित चार जना पक्राउ परेका छन् ।
उनीहरूलाई गएराति काठमाडौंको चाबहिल क्षेत्रबाट राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एक जना नरेश अग्रवाल रहेका छन् । अरु २ जनाको नाम भने खुलाइएको छैन ।
विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूको साथबाट दुई करोड ३० लाख नेपाली रुपैयाँ बरामद भएको छ ।
उनीहरू हुण्डी कारोबारी हुनसक्ने विभागको आशंका छ । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।