झापा । धरानमा खानेपानीको चरम अभाव भएपछि उप–महानगरपलिका प्रमुख हर्क साम्पाङ्गनै हातमा रित्तो गाग्री बोकेर विरोध प्रदर्शनमा उत्रिएका छन् ।
केन्द्रीय सरकारले अत्यन्तै धेरै बिभेद गरेको छ धरानलाई । पहिले पनि सरकारले सहयोग गरेको होइन ऋण दिएको हो, अझै ५६ करोड ऋण तिर्न बाँकि भएको मेयर साम्पाङ्गको भनाइ छ ।
उप महानगर प्रमुख आफै आक्रोशमा आएर केन्द्रीय सरकारले, खाने पानी मन्त्री, प्रधान मन्त्रीले धरानको लागि खै के गर्नु भएको छ र ? म प्रश्न गर्न चाहन्छु ।
यहाँ राष्ट्रिय गौरवका योजनाहरु पारिएका छैनन् , त्यो यहाँ केन्द्रीय सरकारले पार्नु पर्यो । धराने जनताले जहिले जहिले पानीको काकाकुल बन्नुपर्ने ?
पहिले असोजदेखि पानीको समस्या हुन्थ्यो तर पनि त्यति समस्या छैन । तर म आएपछि भने धेरै राहत भएको मेयर साम्पाङ्गको भनाइ थियो ।