काठमाडौँ। एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध नेपालले विश्व कीर्तिमानी जित हात पारेको छ ।
मलेसियाको बाँगीमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको हो ।
जितको लागि २२८ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमा अल आउट भयो ।
माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक ५ रन बनाइन् ।
माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए । यो नेपालको महिला टी-२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो ।
यसअघि २०२१ मा कतारविरुद्ध ११९ रनको जित नै सर्वाधिक ठूलो अन्तर थियो ।