काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ ।
आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ मा वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०८१ वैशाख १५ गते शनिबार दुबै स्थानमा उपचुनाव गर्ने निर्णय भएको जानकारी दिए ।
यसअघि इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ भने बझाङ प्रदेशसभा–१ बाट पनि निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएपछि त्यहाँको १ सिट खाली छ ।