राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशले फागुन २४ देखि २६ गतेसम्म ल्होछार मेला गर्ने भएकाे छ । संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्जुश्री सम्बत २८६० डुक ल्हो सोनाम ल्होछार तमु ल्होछार र २५५१ औं ग्याल्पो ल्होछारको शुभ अबसरमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम २०८० आयोजना गरिने जानकारि दिएकाे हाे ।
तामाङ समुदायकाे ल्हाेछार पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि यसकाे महत्व र औचित्यबारे जानकारि दिने गरि मेलाकाे आयाेजना गरिएकाे राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङले बताउनुभयाे ।
ल्होछार समारोहको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने बताइएको छ । कार्यक्रमको दोस्रो दिन प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ कार्यक्रममा सहभागी हुने उनले बताए ।
अन्तिम दिन बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री उद्धार महर्जन कार्यक्रममा उपस्थित हुने उनको भनाइ छ । बागमती प्रदेशभित्रका जिल्लाहरुमा रहेको कला र संस्कृतिको उत्थानका लागि ल्होछार मेला आयोजना गरिएको उनले बताए ।
उक्त कार्यक्रममा स्थानीय उत्पादन ( खाद्यान्न तथा पोशाक ) को स्टलसमेत राखिने बताइएको छ । रसुवाको मार्सी चामलदेखि नुवाकोटको स्टेवरी, ककनीको ट्राउट माछालगायत स्टलमा राखिने राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय सदस्य मन बहादुर तामाङले जानकारि दिनुभयाे ।
राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष प्रकाश कटुवाल र नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले ल्होछार महोत्सव सफलताको शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा युथ क्रियसन नेपालका संस्थापक अध्यक्ष कलाकार रवि लामा तामाङ, सगुन इभेन्ट म्यानेजमेन्ट, राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका महासचिव दिनेश तामाङ, महासचिव अमृत खातीलगायतको उपस्थिति रहेको थियो ।
ल्होछार अर्थात ‘ल्हो’ भन्नाले साल अथवा सम्वत् अनि ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ ।
गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरु पुगेका नेपाल सहितका अन्य मुलुकहरु सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइदै आएको छ । आजको दिन यी देशहरुका अधिकांश वौद्धविहारहरु रगिंन र उल्लासमय हुन्छन्, रंगीन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले आज वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली वाैद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असिम आनन्दको अनुभुती हुन्छ ।
ग्याल्पो ल्होछार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ । हरेकवर्ष फागुन महिनामा ग्याल्पो ल्होछार पर्छ यो पटक २५५१ औं ग्याल्पो ल्होछार मनाउने तयारीमा शेर्पा, तिब्बती तथा योल्मो समुदाय जुट्छ । तर बिस्तारै सबैले यो पर्ब मनाउन शुरु गरेका छन् ।
शेर्पा समुदायमा लोसार अथवा नयाँ साल आउनु भन्दा २-३ दिन अगाडि घर,आगन सबै ठाउँ सफा गर्ने र ग्रह शान्तिको प्रतिक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याक्ने परम्परागत प्रचलन छ । प्रचलनअनुसार सबैले खाइसकेको वाकी अंश दोबाटोमा फाल्नुपर्छ । घर सफा गरी फोहोर मैला फालीसके पछि जसमा गुथुक (नौ प्रकारका गेडागुडी मिसाइ जस्तै मकै, भटमास, केराउ, चना, मुला, चामल आटा आदि मिसाई बनाइएको एक परिकार) सबै परिवार मिलि खाने गरिन्छ । यो खाना सर्वप्रथम भगवानलाई चढाएपछि मात्र खानुपर्छ भन्ने परम्परा पनि छ । परिवारको सख्यां अनुसार पिठोका डल्लाहरू बनाई त्यसभित्र विभिन्न किसिमका ( घ्यू, नुन, खुर्सानी, कोइला आदि इत्यादि) सामग्री राख्ने गरिन्छ । ती सामग्री मध्ये कागजको अध्ययनशील, घ्यूको चाप्लुसी, खुर्सानीको रिसाउने, कोइलाको डाह गर्ने जस्ता फरकफरक रूपमा अथ्र्याइएको हुन्छ । गुथुक खाने बेला आफ्नो भागमा जुन सामग्री पर्यो त्यहि प्रकारको बानी हुने विश्वास गर्ने गरिन्छ ।
गुथुक खाइ सकेपछि पुरानो साललाई विदाइ गर्दे नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गी अथवा कोही पनि नउठिसकेको वेला (रातको २-३ बजे) उठेर पानी पधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पूजा गरी धारामा करक्याङ(घ्यू), खादा धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, पुजापाठ गरी सकेपछि प्रसाद भगवानलाई चढाउने गरिन्छ । त्यस पछि घरका ठुलावडाबाट अशिर्वाद लिइ चिया, खप्सा लगायत प्रसाद खाने र विशेष गरी छ्याङगुल (जाँडमा छोर्पी, बदाम, नरिवल किसमिस आदि मिसाएर एक परिकार) खाँदै घर परिवारमा एकआपसमा रमाइलो गर्ने चलन छ । ल्होछारमा अशुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पुजा पनि गर्ने गरिन्छ ।
ल्होछारका लागि तयार पारेर राखिएका परिकारहरू (जस्तै छिमार, खप्से, लगायतका प्रसाद) भगवानलाई चढाउने र घरका सवै परिवार सम्भव भए नयाँ लुगा लगाउने नभए पनि सफा लुगा लगाउने, र मान्यजनको हातबाट आशिर्वाद लिने गरिन्छ । त्यसपश्चात आफ्नो जन्मदिन अनुसारको शुभतिथि (सिज्य) हेरि घरको दुरी, आगँन अथवा डाडाँहरूमा गएर दीर्घायु सु–स्वास्थ्यको कामना सहित घरका सबै परिवारको सुख शान्तिको कामना गर्दै ध्वाजा (लुङ्दार) टाग्ने गरिन्छ र आफ्नो घर–छरछिमेकमा लप्सो मनाउने गरिन्छ । लामाबाट (रम्ने) अभिषेक गरेरमात्र लुङ्दार टाग्नुपर्ने प्रचलन पनि छ । परिवारबीच ल्होसार मनाई सकेपछि छिमेकीलाई घरमा बोलाएर अहिले शहरीय क्षेत्रमा पिकनिक (बनभोज) आयोजना तथा विभिन्न तरिकाबाट पनि ल्होछार मनाउने गरिन्छ ।
समितिमा १)अध्यक्ष : दावा फिन्जो तामाङ , २)बरिस्ठ उपाध्यक्ष श्रेया दुलाल ३)प्रथम साबित्री श्रेष्ठ, ४)उपाध्यक्ष बिनायक तामाङ, ५)महिला उपाध्यक्ष अर्चना श्याङतान, ६)उपाध्यक्ष फुल माया तामाङ, ७)महासचिव दिनेश तामाङ, ८)सचीव कारण तामाङ, ९) शिशिर थोकर तामाङ, १०)कृष्ण बहादुर चन्द, ११) राजु सापकोटा, १२)कोषाध्यक्ष भुवन दुलाल, १३)सह:कोषाध्यक्ष उमेश कुमार कार्की UK, १५)प्रवक्ता : मनोज गजुरेल , सदस्यहरु १) धन बहादुर कार्की( हरि) २)रिजन पुलामी मगर, ३)कुमारी ग्लान, सरस्वती तामाङ , ४)चन्द्र माया मोक्तान , ५) सन्तोषी क्षेत्री , ६)राज कुमार खनाल, ७)नुर्बु तामाङ , ८)पिता चन्द न्यौपाने, ९)खमेश श्रेष्ठ , १०) सुफिक्स मदन रहेका छन् भाद्र महिनामा निर्बाचित यो समितिले अन्य उत्कृस्ट कार्यहरु समेत गर्दै आएको छ । राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेश अध्यक्ष दावा फिन्जो तामाङ्ग को अध्यक्षमा यो समिति निर्वाचित भए सँगै टिम नै चर्चित गायक तथा सर्जक राष्ट्रिय संगीतकर्मी संघका पुर्ब अध्यक्ष तथा संस्थापक रेशम थापा बचाउ अभियानमा निरन्तर लागेको सबैलाई जग जाहेर नै छ ।