![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काठमाडौं । रुसी फौजीमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/07/1-1.gif)
परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै पछिल्लोपटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ७ नेपाली युवाको मृत्यु भएको पुष्टि गरेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक।,
बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।
![](https://i0.wp.com/newsofnepal.com/wp-content/uploads/2024/03/pra-1.jpg?resize=740%2C1042&ssl=1)
![](https://khabarpostonline.com/wp-content/uploads/2024/01/khabarad-2.gif)