![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काठमाडौं । ललितपुरको धोलाहिटीमा होली खेल्ने क्रममा दुई ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको छ ।
आइतबार राति धोलाहिटीमा दुई समूहबीच झडप हुँदा सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
![](https://khabarpostonline.com/wp-content/uploads/2024/03/mechi-udhyog.gif)
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा सुनसरी घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र ३० वर्षीय पुजन राई रहेका छन् ।
पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।
![](https://khabarpostonline.com/wp-content/uploads/2024/01/khabarad.gif)
ग्याङ फाइटपछि दुई जनाको मृत्यु भइसकेपछि मात्र खबर पाएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ ।
घटनास्थलबाट धारिलो हतियार समेत बरामद भएको प्रवक्ता सुवेदीले बताए । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/07/1-1.gif)