काठमाडौं । जनजागरण पार्टी नेपालले पत्रकार सम्मेलन गरेका छन् । आज मंगलबार दिउँसो १ वजे मंगलबार रिपोर्टस क्लब भृकुटी मण्डपमा पत्रकार सम्मेलन गरेको हो ।
पार्टीका अध्यक्ष डा. खनालले दिउँसो १ वजे रिपोर्र्टस क्लब भृकुटी मण्डपमा पत्रकार सम्मेलन गर्दै नौ बुँदे अवधारणापत्र सार्वजनिक गरेका थिए ।
देशको बदलिदो राजनीतिक घटना क्रम, भ्रष्टचार, सरकारी कार्यलयहरुको ढिला सुस्ति,अल्पसंख्यक, पीडित, प्रताडित तथा सीमान्तीकृत समुदायमाथि भइरहेको प्रहार उपर छलफल र पैरविको लागि गर्नुपर्ने प्रयास,समसामयिक विषयमा छलफल तथा भावि रणनीति योजना, पार्टीको आर्थिक अवस्था र हरेक सदस्य तथा पदाधिकारीले व्यहोर्नु पर्ने दायित्व, राष्ट्रवादी गणतान्त्रिक मोर्चाका गतिविधिहरू तथा हाम्रो सक्रियता बढाउने(नबढाउनेबारे आसन्न उपनिर्वाचन तथा त्यसपछिका निर्वाचन केन्द्रित रणनीतिक योजनाबारे धारणा प्रष्ट पार्न केन्द्रीय अध्यक्षको सचिवालय जनजागरण पार्टी नेपाल पार्टीको धारणा सार्वजनिक गरेका थिए।
पत्रकार सम्मेलनमा केन्द्रीय स्थायी सदस्य गणेश वहादुर बिश्वकर्माले संचालन गरिइएको कार्यक्रममा उपध्यक्ष काल विक, महिला विभाग प्रमुख, विन्दा कटवाल, सचिव अम्बर योङयाहन लगायत अन्य थुप्रै केन्द्रीय सदस्यहरुको उपस्थित रहेका थिए । विधमान देशको समस्याहरुको निराकरण गर्न जनजागरण पार्टीले गर्न सक्छ र अहिलेको परीस्थितिलाई सूक्ष्म ढंगले नियाली रहेको कुरा अध्यक्ष डा.खनालले वताए ।
ग्वार्को ललितपुर स्थित चैत ३ गते आइतवार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यकारिणी समिति, स्थायी समिति र काठमाडौं उपत्यका केन्द्रित केन्द्रीय समिति सदस्यहरूबीच बसेको बैठकको निर्णय अनुसार अवधारणा प्रस्तुत गरिएका थिए ।