१३ चैत्र २०७९, सोमबार,
मेचीनगर । प्रहरीले सामान पक्रिएको भन्दै विभिन्न क्षेत्रका महिलाहरुले छुटाउन आग्रह गर्दा प्रहरी बिट, इटाभट्टामा तनाव सृजना भएको छ ।
महिलाहरुले अनावयश्यक दुख दिँदै प्रहरीले सामान नियन्त्रणमा लिँदा सास्ती भएको पनि बताएका छन् ।
आज केही महिलाहरुले भारतबाट ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘यो सामान नाकाबाटै ल्याएको हो तर काँकरभिट्टामा प्रहरीले पक्रिएन यहाँ चाहिँ किन पक्रिनु ?’ महिलाहरुले प्रश्न गरेका छन् ।
यता प्रहरी बिट इटाभट्टाका असइ हेम भुजेलले भने सामान चेकजाँचका लागि भन्दै माथीबाटै आदेश आउँछ सोही अनुसार चेकजाँच गरेको र धेरै परिमाणमा सामान भेटिएकाले नियन्त्रणमा लिएको बताउनुभएको छ ।
‘चेकजाँच गर्नु भनी माथीबाटै आदेश आउँछ सोही अनुसार चेक गर्दा एकै जनाको धेरै मात्रामा चिनी, कपडा, लगायतका सामान भेटियो त्यसैले नियन्त्रणमा लिएका हौँ ।’ उहाँले भन्नुभयो । तर महिलाहरुले भने घरमा प्रयोग हुने सामान मात्रै ल्याएको दाबी गरेका छन् ।