– होमराज राई,
संसारमा धेरै धर्महरू छन् र तिनको आ–आफ्नै धर्मशास्त्रहरू छन् । तर बाइबलको ऐतिहासिक स्वभावले गर्दा अरू सबै धर्मशास्त्रहरूभन्दा यो फरक छ । परमेश्वरको अस्तित्वलाई बाइबलले स्वःत स्वीकारेको छ र इतिहासमा उहाँको व्यक्तिगत हात रहेको कुरा बाइबलले बताउँछ। सुरूमा परमेश्वर मानिससंग बोल्नुहुँदा यस पृथ्वीमा मानिसहरूमा बिभिन्न रुपमा देखा पर्नु हुन्थ्यो ।
क्रुसारोहणको समयमा येशूले भोग्नुभएको अति पीडादायी यातना आश्चार्यमय थियो । उहाँलाई गिल्ला गर्नेहरू र उहाँलाई मृत्युदण्ड दिनेहरूप्रति भएको येशूको धारणा आश्चार्यमय छ, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३:३४) । येशू जुन तरिकाले मर्नुभयो त्यो आश्चार्यमय थियो जस्तो उहाँले भन्नुभयो, “कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु” (यूहन्ना १०:१८) । उहाँको प्रस्थानको क्षणमा पनि मृत्युले उहाँमाथि विजय हासिल गर्न सकेन, बरु उहाँले स्वेच्छाले आफ्नो आत्मा त्याग गर्नुभयो, “उहाँले भन्नुभयो, ‘अब सिद्धियो’, र उहाँले शिर निहुराएर आफ्नो आत्मा त्यागिदिनुभयो” (यूहन्ना १९:३०) ।
अनि उहाँले भन्नुभयो,“मानिसको पुत्रले धेरै दुःख उठाउनुपर्छ, र उनी धर्म–गुरुहरु,मुख्य पुजाहारीहरु र शास्त्रीहरुबाट बहिष्कृत हुनेछ,मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नेछ ,लूका ९ः२२ ।”
उहाँको मृत्यु अद्वितीय छ । उहाँलाई क्रूसमा चढाइएकोले उहाँको मृत्यु अद्वितीय भएको होइन, तर प्यालेस्टाइनमा क्रुसारोहण अज्ञात हुँदा भजनसंग्रह २ मा धेरै पहिले नै उहाँको मृत्यु र पुनरुत्थानबारेमा भविष्यवाणी गरिएकोले यो अद्वितीय भएको हो । उहाँको पापरहित र पवित्र चरित्रको प्रदर्शन गर्दै उहाँले जीवन त्याग गर्नुभएकोले पनि यो अद्वितीय छ ।
१.येशूले कोर्राको असहनीय कष्टभोग्नु भयो ।
यो कोर्रा लगाउने यातना वा दण्ड हल्का खाल्को निश्चय नै थिएन, येशूको शरीरमा प्रहार गरिएको कोर्राको चोट अतिनै असहनीय थियो । रोमी साम्राज्य संसारकै एउटा शक्तिशाली साम्राज्य थियो । त्यस समयको कोर्रा छालाको डोरीमा हड्डी, शिशाको टुक्रा र फलामको काँटीहरु झुण्ड्याएर बनाइन्थ्यो । त्यसप्रकारको कोर्राले नाङ्गो शरीरमा एक पल्ट हान्दा सय वा दुई सय ग्राम मासु लुछिन्थ्यो । त्यसरीनै येशूको शरीरमा हान्दा शरीरको वरीपरि बेह्रीने गर्दथ्यो, र कोर्रालाई तान्दा येशूको शरीरको मासुलाई लुच्छेर च्यात्ने गथ्र्यो । कोर्रामा रहेको सीसाको टुक्राले उहाँको शरीरलाई भित्रैदेखि छेड्दथ्यो । उहाँ यति सारो घायल हुनुभएको थियो कि उहाँको भित्रका हड्डीहरु समेत देखिन थालेका थिए । यो तपाई र मेरो लागि खानुभएको दर्दनाक कोर्रा थियो । त्यहि कोर्राको चोटले आज हामी निको भएको छौं । यशैया ५३स् ५ ले भन्छ, “तर उ त हाम्रा अपराधहरुका निम्ति छेडियो। हामीमा शान्ति ल्याउने दण्ड उहाँमाथि प¥यो, र उसको कोर्सको चोटले हामी निको भयौं।ू
त्यही कोर्राका चोट र रगतले आज हाम्रो अपराध क्षमा भएको छ, शान्ति आएको छ र हामीले चंगाई पाएका छौं। मत्ती ८१७ ले भन्छ, उहाँ आफैले हाम्रा दुर्बलताहरु लिनुभयो, र हाम्रा रोगहरु उठाईलानुभयो ।”
२. काँडाको मुकुट शीरमा पहिरिनु ।
उहाँ त महिमित मुकुटका योग्य हुनुहुन्थ्यो । तर त्यो मुकुट सुन र जवाहरतले बनिएको थिएन तर तिखातिखा काँडाहरुले बनाएर काँडाको मुकुट लगाई यहूदियाका राजाको जय भन्दै अपमान गरि रहेका थिए । इस्राएलमा काँडेधार भन्ने झाडीहरु छन् र त्यसका एकदम लामा र तिखा काँडाहरु हुन्छन् । रोमी सिपाहीहरुले ती काँडेधार झाडीहरुबाट हाँगाहरु ल्याएर येशूको टाउकोको आकार भन्दा सानो मुकुट बनाएर येशूको टाउकोमा खाँदर लगाइदिए । त्यो काँडाको मुकुट टाउको भन्दा सानो आकार भएको र खाँदर लगाएकाले तिखा काँडाहरुले टाउकाको छालाहरू छेडेर हाडहरूमा तिब्ररुपमा घोचेकाले अनुहार रक्ताम्मे र भयानक कष्ट भोगिरहनुभएको थियो । यसको मुख्य कारण हाम्रा सोच –बिचार मा रहेका पापहरु क्षमा गर्नुको लागि थियो । उहाँले गर्नुभएको अपार प्रेम सम्झेर यस्ता बिचारहरुबाट फर्किनु पर्दछ । रोमी ८७(८ ले भन्छ, किनभने पापमय शरीरतिर लागेका मनचाहिँ परमेश्वरप्रति शत्रुता हो, र पाप(स्वभावको वशमा हुनेहरुले परमेश्वरलाई प्रसन्न पार्न सक्दैन ।” अर्को कुरो उहाँले हाम्रो निम्ति काँडाको मुकुट पहिरिनुको कारण हामीले स्वर्गीय मुकुट पाउनलाई नै हो । स्वर्गीय मुकुट बिभिन्न प्रकारका हुनेछन् । १पत्रुस ५स्४ मा लेखिएको छ, “तब तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट प्राप्त गर्नेछौ। अरु मुकुटहरु, धार्मिकताका मुकुटहरु र जीवनका मुकुटहरु प्राप्त गर्नेछ । प्रकाश ४३(४ मा लेखिएकोछ, “ त्यहाँ बिराजमान हुनेहरूको मुहार बिल्लोर र लालमणिजस्तै देखिन्थ्यो र शीरमा सुनका मुकुटहरु पहिरिएका थिए।
३. येशूको हात खुट्टामा किला ठोकिएको ।
त्यो समयमा हात खुट्टामा किला वा काँटी ठोकेर अपराधी वा देशद्रोहीलाई क्रूसमा झुण्ड्याइन्थ्यो। यो दण्ड असाधै कष्टकायीक थियो। एउटा काठको चूस बनाउथे र हात खुट्टामा काँटी ठोकीसकेपछि सलाई माथि उठाउँथे, तब शरीरको भारले गर्दा शरीर तल झुक्थ्यो र त्यसो गर्दा हात र खुट्टालाई ठूलो पींडा पथ्र्यो। मुख्य अंगहरुमा चोट नपुगेकाले तुरुन्तै मर्दैनथ्यो र धेरै कष्टहरू पाइरहन्थ्यो । यसरी नै येशूलाई पनि एकदम नराम्रोसित किला ठोकेर विभत्स रूपमा त्रूसमा टाँगिदिए। उहाँलाई टन्टलापुर घाममा झुण्ड्याइएको थियो । विषाल किराहरू रगतको गन्ध सुँघ्दै उहाँमाथि आएर भन्कन्थे । उहाँले हाम्रै निम्ति अन्तिम सास रहुन्जेल ६ घण्टासम्म दर्दनाक पीडा खप्नु पर्यो। उहाँको हात खुट्टामा काँटी ठोकिनुको मुख्य कारणचाहिँ हाम्रा हात र खुट्टाहरुले गरेका पापहरुबाट हामीलाई छुटकारा दिनु नै हो। कतिपय हाम्रा हातहरुले गर्न नहुने
कामहरु गरेका छन् र खुट्टाहरुले जान नहुने ठाउँहरुमा गएर पापहरु गरिरहेका हुन्छन्। त्यहि पापहरुलाई शुद्ध वा छुट्कारा गराउन नै पापरहित येशूले आफ्ना हात र खुट्टाहरूमा किला ठोकिएर रगत बगाउँनुभयो ।
४. क्रूसमा टाँगिनुभएको येशूको शीरमाथि दोष पत्र ः–
येशूलाई फेरि रोमी हाकिम पन्तियस पिलातसकहाँ ल्याइयो। उहाँलाई तीनवटा अभियोग लागेको थियो ।
(क) राष्ट्रलाई बहकाउने,
(ख) कैसरलाई कर नतिर्ने र
(ग) आफूलाई राजा हुँ भनी दाबी गर्ने (लूका २३ः१–२०) ।
पिलातसले येशूलाई केरकार गरिसकेपछि उहाँमा कुनै दोष नभेट्टाएको घोषणा गरे (लूका २३ः१४), तर भीडको जिद्दीको कारणले केही सिप नलागेपछि तिनले येशूलाई क्रूसमा टाँगिन तिनीहरूका हातमा सुम्पिदिए ।
क्रूसमा टाँगिनुभएका येशूको शिरमाथि लिखित क्ष्ल्च्क्ष् को अर्थ के हो ?
(मत्ती २ः२) , उहाँलाई क्रूसमा टाँगिदा उहाँको शिरमाथि दोष–पत्र पनि टाँसिएको थियो, “पिलातसले एउटा दोष–पत्र पनि लेखे, अनि क्रूसमाथि टाँसिदिए । त्यसमा यही लेखिएको थियो, नासरतको येशू यहूदीहरूको राजा अब धेरै यहूदीहरूले यो दोष–पत्र पढ़े, किनभने येशू क्रूसमा टाँगिनुभएको ठाउँ सहरको नजिकै थियो। यो हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो, (यूहन्ना १९ः१९–२०) ।
यसको नेपाली अनुवाद हुन्छ नासरतको येशू यहूदीहरूको राजा येशूलाई क्रूसमा टाँगिदा दोष–पत्रमा नासरतको येशू, यहूदीहरूको राजा भनेर नै लेखिएको थियो ।
५. मलाई तिर्खा लाग्यो ।
यूहन्ना १९ः२८ ले भन्दछ, “यसपछि येशूले सबै कुरा अब सिद्धिए भनि जानेर धर्मशास्त्र पुरा होस् भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो ।“ र २९ मा भनिएको छ । त्यहाँ सिर्काले भरिएको एउटा भाँडो राखिएको थियो, यसकारण सिर्काले भरिएको स्पञ्ज एउटा हिसपको हाँगामा राखेर तिनीहरूले उहाँको मुखमा पुर्याइदिए । मर्कूस १५ः२५ मा लेखिएको छ, तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो । बाह्र बजेदेखि तीन बजेसम्म देशमा अन्धकारले छायो र येशूले बेलुकाको तीन बजेतिर आफ्नो प्राण त्यागुभयो ।
त्यो समयमा इस्राएलको सुख्खा मौसममा चर्को घाम लागेको बेला येशूलाई लामो समयसम्म क्रूसमा टाँगिएको थियो । उहाँले क्रूसको दर्दनाक यातना ६घण्टासम्म खेपीरहनु भएको थियो । यो नरकीय कठोर यातनाको प्रतिक थियो । नरकमा ज्यादै गर्मी र तिर्खा महसुस हुन्छ (लूका १६ः२३–२४) । शरीरबाट रगतहरु बगैर खसिसकेकाले गर्दा शरीरसुख्खा भएकोले तिर्खा लागेको थियो, तर येशूले शारीरिक तिर्खाको मात्र कुरा गर्नुभएको होइन । येशूले हामी बिश्वासीहरुसंग उहाँको
रगतको मूल्य तिरेर उहाँको तिर्खा मेटाउनका लागि हामीले प्रयत्न गर्नुपर्ने भनेर भनिरहनुभएको छ । के आज हामीले उहाँको रगतको मूल्य तिर्न सक्छौं ? त्यो तिर्खा भनेको नरकमा गइरहेको आत्माहरुलाई बचाउनु हो। नरकमा ज्यादै गर्मी र तिर्खाको महसुस हुन्छ। लूका १६ः२३–२४ मा लेखिएको छ, नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हे¥यो, र टाढामा अब्राहम र उनको साथमा लाजरसलाई देख्यो । अनी उसले कराएर भन्यो, ुहै पिता अब्राहम, ममाथिदया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्यसले आफ्नो औंलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदिनुहोस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु यूहन्ना १९ ः२८ मा उहाँले धर्मशास्त्र पुरा होस भन्नुभयो,
“मलाई तिर्खा लाग्यो ।“ यस बचनको खण्डले हामीलाई बुझाउँदछ कि त्यस नरकको दर्दनाक अवस्थाबाट बचाउनुको संकेत थियो ।
६. पृथ्वी कॉम्यो र चट्टानहरु फुटे ः–
येशूको मृत्युपछि मन्दिरको पर्दा दुई भाग भएर च्यातियो, र त्यहाँ एउटा भुँइचालो गयो । त्यो समयमा चट्टाहरु फुट्यो र पृथ्वी काम्यो । किनभने परमेश्वरले आफ्नो दोषरहित एकलौते पुत्रलाई मानव जातिहरुको प्रायश्चितको बलिदानको रुपमा दिनुभएको थियो । त्यो ख्रीष्टको बलिदानले श्रापित पृथ्वीलाई सन्ताप भयो । शैतानिक शक्तिहरु नाश भयो र पराजय छटपटी थियो भने ख्रीष्टको बिजयीको उत्सव थियो । जसले गर्दा जीवनरहित चट्टानहरु समेत फुटेर पृथ्वी नै काँपे ।
७. मन्दिरको पर्दा दुई भागमा च्यातियो ः–
(मती २७ः३५) मा लेखिएको छ, तब येशू फेरि ठूलो स्वरले कराउनुभयो र आफ्नो आत्मा त्यागुभयो । र ५१ मा त्यसै घडि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुईभाग भएर च्यातियो। त्यसरी नै लूका २३ः ४५ मा पनि सूर्यको तेज कम भयो, र मन्दिरको पर्दा माझमा च्यातिएर दुई भाग भयो भनेर लेखिएको छ । त्यो समयमा पबित्र पुजाहारी मात्र महापवित्र स्थानमा प्रवेश गर्न सक्थ्यो । जो कोहि प्रबेश गर्यो भने भित्रनै मथ्र्यो। तर अब त्यो महापबित्र स्थानमा पुग्न पुजाहारीहरुको कृपा चाहिन्न, आज हामी सबै पवित्र पुजाहारीगिरी भएका छौं, १पत्रुस २ः९ मा लेखिएको छ, तर तिमीहरू त चुनिएका वंश, राजकिय पुजाहारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हो। उहाँले तिमीहरुलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरु उहाँका आश्चार्यपूर्ण कार्यहरु घोषणा गर्न सक। १ पत्रुस २ः ६ , ५ मा लेखिएको छ, तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने पवित्र पुजाहारीगिरीको निम्ति जीवित पत्थरहरु आत्मिक घर बन्दै जाओ। अब परमेश्वरले ग्रहणयोग्य आत्मिक बलिदान चढाउने, पवित्र पुजाहारी, जीवित पत्थरजस्तै आत्मिक घर भएको चाहनु हुन्छ । हिब्रू १०ः१९–२० मा उहाँको रगतद्धारा महापवित्रस्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। हाम्रा निम्ति एउटा नयाँ र जीवित मार्ग खोलिदिनुभएको छ ।
गुड फ्राइडे भनेको के हो ?
येशूको मृत्युको सम्झनामा मनाइने उत्सव नै गुड फ्राइडे हो । यो इस्टर सन्डे अगिको शुक्रबार येशूले आफ्नो प्राण त्याग गर्नुभएको दिन हो । यो येशूले दर्दनाक दुःखकष्ट भोग्नुभएको दिन हो । तरै पनि मृत्युको दिनलाई किन ‘गुड’ भनियो त ? यस दिनलाई किन असल वा शुभ वा पवित्र भनियो ? किन ‘गुड फ्राइडे’ भनियो
१. येशू मानवजातिका लागि मर्नुभयो ः
“परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो” (रोमी ५ः८० । उहाँ पापीहरूको सट्टामा मर्नुभयो । निश्पाप हुनुभएर पनि उहाँ मानवजातिका पापको लागि क्रुसमा टाँगिनुभयो । यो मानव जातिको निम्ति खुशीको दिन थियो ।
२. येशूले छुटकारा दिनुभयो ः
“तिमीहरू मोल तिरेर किनिएका हौ । यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर” (१ कोरिन्थी ६ः२० । आफ्नो मृत्युद्वारा येशूले विश्वासीलाई पापको बजारबाट किनी छुटकारा दिलाउनुभयो ।
३. हामीलाई क्षमा मिल्यो
“तिमीहरू आफ्ना अपराध र शरीरअनुसार बेखतनामा मरेका थियौ, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो” (कलस्सी २ः१३ । क्षमा परमेश्वरको कानुनी कार्य हो जसमा पापीको विरुद्धमा लागेका अभियोगहरू हटाइन्छन् । किनकि येशूको मृत्युद्वारा पिता परमेश्वरलाई पापको उचित मोल तिरिएको छ ।
४. हामी धर्मी ठहरियौँ
“परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्” (रोमी ३ः२४ । धर्मीकरण परमेश्वरको कार्य हो जसद्वारा उहाँले येशूको रगतको आधारमा विश्वास गर्ने पापीलाई धर्मी घोषणा गर्नुहुन्छ ।
येशू मृत्युमाथि विजयी हुनुभयो ।
येशू ख्रीष्ट तीनदिनमा मृत्युबाट जीवित हुनुभएकामा सारा पृथ्वीभरिनै आश्चर्य चकित पारिदियो । अन्य धार्मिक तथा दार्शनिक अगुवाहरू आए र गए अनि उदाए र अस्ताए, तर येशू ख्रीष्टले जस्तै आफ्नो सेवाकार्यलाई निरन्तरता दिन कोही पनि मृत्युबाट फर्किएन । किनभने तपाईले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ” (भजनसंग्रह १६१०) | आफ्नो सेवाकार्यको आरम्भदेखि नै येशूले पनि यसको भविष्यवाणी गर्नुभयो, “येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खडा गर्नेछु ।’ तर जुन मन्दिरको विषयमा उहाँ बोल्नुभएको थियो, त्यो उहाँको शरीर थियो” (यूहन्ना २१९,२१) । चारवटा सुसमाचार पूस्तकलाई अध्ययन गर्दा छर्लङ्ग हुन्छ कि येशू मृतकहरूबाट पुनरुत्थान हुनुहुनेथियो भन्ने सत्यतालाई येशूका चारै जना ब्यक्तिहरुले महत्वकासाथ उल्लेखित गरेका छन् । आफ्नो पुनरुत्थानको विषयमा येशू आफैले बारम्बार भविष्यवाणी गर्नुभयो (मत्ती १२३८- ४०; मर्कूस ८३१; लूका ९२२-२७; यूहन्ना २:१८-२२) । येशूको ईश्वरत्वको प्रमाणको रूपमा आदि मण्डलीका प्रचारकहरूले पुनरुत्थानलाई पटक-पटक उल्लेख गरे (प्रेरित २३२, १३३०) | तीनवटा साक्षीले येशूको पुनरुत्थानलाई एउटा ऐतिहासिक घटनाको पुष्टि गरेको छ । १. रित्तो चिहान येशूलाई जुन चिहानमा राखिएको थियो, त्यो हप्ताको पहिलो दिन रित्तो थियो । स्वाभाविक प्रश्न यो हो- शव कहाँ गयो ? उपलब्ध सबै तथ्यलाई विश्लेषण गरेपछि आउने तर्कसङ्गत जवाफ हो – उहाँ पुनरुत्थान हुनुभयो ।
ऐतिहासिक येशू ख्रीष्टको प्रमाण
एक्काइसौं शताब्दीका केही ईश्वरशास्त्रीहरूले येशू ख्रीष्ट ऐतिहासिक व्यक्ति हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्दैनन्। कतिपयले येशू भन्ने व्यक्ति इतिहासमा कहिल्यै आएको थिएन भन्ने विचार प्रकट गरे । येशू ख्रीष्ट आत्मामा मात्रै आउनुभएको थियो तर वास्तविक भौतिक शरीरमा भने आउनुभएको थिएन भन्नेहरू पनि धेरै छन् । येशू ख्रीष्टको आत्मा भन्नाले उहाँले दिनुभएको शिक्षा, अनि उहाँको जीवनशैली र चरित्रलाई बुझाउँछ ।
येशू खीष्टको जीवनी मानिसले बनाएका दन्त्य कथाहरू हुन् भनेर तिनीहरूले भने । तिनीहरूले उहाँलाई रहस्यात्मक व्यक्तिको संज्ञा दिए । दुर्भाग्यवस आज संसारका धेरै मानिसहरूले यस्तै विचारधारालाई पछयाउछन् । वास्तवमा येशू ख्रीष्ट ऐतिहासिक व्यक्ति हुनुहुन्छ । यसलाई प्रमाणित गर्ने तीन वटा बलिया प्रमाणहरू छन् , अइसाइहरूले लेखेका कागजात, यहूदीहरूले लेखेका कागजात र इसाईहरूले लेखेका कागजात ।
अइसाईहरूले लेखेका कागजातहरू (Documents Written by Non-Christians) : –
कर्निलिएस टाकिटस (Cornelius Tacitus, 55-120 AD) भन्ने व्यक्ति प्रख्यात रोमी (अइसाई ) इतिहासकार हुन् ।
उनले रोमका छ जना सम्राटहरूको सेवा गर्ने अवसर पाएका थिए । कर्निलिएस टाक्टिस इतिहासकारको साथै राजनैतिक अगुवा पनि थिए । तिनले टर्कीको बडाहाकिम भएर शासन गरेका थिए । तिनले दुईवटा प्रख्यात पुस्तकहरू लेखेका छन् ।
अनाल्स (Annals) : यस पुस्तकमा उनले रोमी सम्राट नेरोको समयमा घटेका घटनाहरूलाई समावेस गरेका छन् । त्यसमा तिनले विशेष गरी इ.सं. १४ देखि ६८ सम्मका येशू ख्रीष्टसम्बन्धी घटनाहरू लेखेका छन् ।
इतिहास (History) : यो पुस्तकचाहिँ उनले सम्राट नेरोको मृत्युपछि लेखेका हुन् । यसमा इ.सं. ६८ देखि ९६ सम्मका घटना विवरणहरू उल्लेख गरिएका छन् ।
पावल इ.सं. ६०–६२ सम्म रोमको भ्यालखानमा थिए । उनी त्यहाँबाट छुटेपछि रोम सहरमा इसाई धर्म व्यापकरूपमा फैलिन थाल्यो । त्यसको फलस्वरूप इसाईहरूले येशू ख्रीष्टलाई आफ्नो राजा भनी मान्न थाले । रोम सहरको आगलागी इ.सं. ६४ मा भएको थियो ।
इतिहासकार टाकिटसले आफ्नो पहिलो पुस्तक अनाल्समा सम्राट नेरोको विषयमा उल्लेख गरेका छन् ।
अनान्सको १५ अध्याय ४४ पृष्ठमा रोम सहरको आगलागी, इसाई समुदायमाथिको अत्याचार र सम्राट नेरोको गतिविधिको बारेमा लेखिएको छ । त्यहाँ लेखिएका कुराहरूको सार यस्तो छ सम्राट नेरोले रोम सहरको आगलागीको दोष इसाईहरूलाई दिए । वास्तवमा इसाईहरूले त्यो आगलागी गराएका होइनन् । इसाईहरू येशू ख्रीष्टलाई पछ्याउने व्यक्तिहरू हुन् । येशू ख्रीष्टलाई पन्तियस पिलातसले क्रूसमा चढाएर मारेका थिए भनेर लेखिएको छ । येशूका चेलाहरूद्वारा यो धर्म लाई रोमी साम्राज्यभरि फैलाएका छन् ।
यी खण्डहरू लेख्ने व्यक्ति इसाई होइनन् । सच्चा इतिहासकार भएकोले वास्तविक घटनाहरूको बारेमा उनलाई राम्रो जानकारी थियो र त्यसलाई हुबहु आफ्नो पुस्तकमा लेखे। येशू सांच्चै नै यस संसारमा आउनुभएको थियो भन्ने राम्रो प्रमाण इतिहासकार कर्निलिएस टाकिटस दिएका छन् ।
दोस्रो शताब्दीको अन्त्यतिर रोममा अर्को प्रख्यात इतिहासकार थिए, जसको नाउं सामोसाटाको लुसियन । (Lucian of Samosata) हो । उनले पेरेग्रीनको मृत्यु (Death of Peregrine) भन्ने पुस्तक लेखे । उक्त पुस्तकको पृष्ठ ११–१३ मा यस्तो कुरा लेखिएको छ इसाईहरूले येशू ख्रीष्ट भन्ने बुद्धिमान् मानिसको आराधना गर्थे ।
रोमी सरकारले उनलाई क्रूसमा झुण्डयाएर मान्यो । उनको मृत्युपछि उनलाई पछ्याउनेहरूले एक आपसलाई दाजु–भाइ ठानेर आफ्ना सबै सम्पत्तिहरू साझा बनाए ।
यो पनि अइसाई व्यक्तिले लेखेको महत्वपूर्ण प्रमाण हो, जसले येशू ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो भन्ने कुरालाई प्रमाणित गर्दछ । रोमका अरू अइसाई इतिहासकारहरूले पनि येशू ख्रीष्टको जीवनीलाई आफ्ना पुस्तकहरूमा यसरी नै उल्लेख गरेका छन् ।
यहूदीहरूले लेखेका कागजातहरू (The Documents Written by Jews ) :-
यहूदीहरूले पनि येशू ख्रीष्ट यो संसारमा हुनुहुन्थ्यो भन्ने कुराको प्रमाण दिएका छन् । यहूदीहरूलाई येशू ख्रीष्ट र इसाईहरू मन पर्दैनथ्यो तैपनि तिनीहरूको मुख्य ऐतिहासिक कागजातहरूमा उहाँको जीवनी उल्लेख गरिएको छ । यहूदी धर्ममा तीनवटा प्रमुख धर्मशास्त्रहरू छन् ।
(१) तोरा (Torah) :
तोरा यहूदीहरूको मुख्य धर्मशास्त्र हो । तोरामा बाइबलको केही भागलाई समेटिएको छ ।
यसमा मोशाले लेखेका पाँच पुस्तकहरू पर्दछन् । त्यसमा लेखिएका व्यवस्थासम्बन्धी कुराहरू यहूदीहरूले आजको दिनसम्म अभ्यास गर्दैछन् ।
(२) तान्मुद (Talmud) :
यो पुस्तक तोराभन्दा फरक छ । ताल्मुदमा तोरामा भएको कुराहरूलाई कसरी व्यवहारमा उतार्ने भनेर लेखिएका छन् । तोरामा ६३० वटा व्यवस्थाका नियमहरू उल्लेख गरिएका छन् भने
ताल्मुदमा ती व्यवस्थाहरूलाई बढाएर २०,००० भन्दा बढी बनाइएका छन् । ताल्मुदमा यहूदीहरूको इतिहास, संस्कृति, परम्परा र रीतिरिवाजहरू समावेश गरिएका छन् । यहूदीहरूको निम्ति ताल्मुद र तोरा निकै महत्वपूर्ण पुस्तकहरू हुन् ।
३) मिद्रास (Midrash) :
साधारण यहूदीहरूले ताल्मुद बुझ्न सक्दैनन् । त्यसैले त्यो पुस्तक बुझ्न सजिलो पार्ने टिप्पणी बनाइदिनुहोस् भनेर यहूदीहरूले तिनीहरूका अगुवाहरूलाई अनुरोध गरे । तसर्थ मिद्रास ताल्मुदको टिप्पणी हो, जसले यहूदीहरूलाई धर्मशास्त्र बुझ्न सहायता गर्छ ।
तल्मुदको धेरै खण्डहरूमा येशू ख्रीष्टको वारेमा उल्लेख गरिएको छ । ताल्मुद पुस्तकको सान हेड्रिन (Sanhedrin) भन्ने अध्यायको पृष्ठ ४३ मा यसरी लेखिएको छ रोमी र यहूदीहरूले नासरतको येशूलाई निस्तार चाडको दिनमा मारेका थिए । यो पुस्तकको लेखक इसाई होइन र पनि त्यो घटना ताल्मुदमा लेखिएको छ । ताल्मुदको यबामोथ (Yebamoth) भन्ने अध्यायको ४९ पृष्ठमा यस्तो लेखिएको छ येशू ख्रीष्ट मरियम भन्ने कन्याबाट जन्मेका थिए । मरियम कपाल काट्ने र सृङ्गारको काम गर्ने महिला थिइन् । विवाह नगरीकन बच्चा जन्माएकी हुनाले तिनलाई नराम्रो व्यवहार गरियो। तिनी राजा दाऊद वंशको महिला थिइन् ।
यी यहूदी धर्मशास्त्र ताल्मुदमा लेखिएका कुराहरू हुन् जसले येशू ख्रीष्ट नासरतको कन्या मरियमबाट जन्मेको र उहाँलाई निस्तार चाडको समयमा मारिएको सत्य तथ्यलाई प्रमाणित गर्दछ । यी तथ्यहरूलाई यहूदीहरूले स्वीकार गर्दछन् ।
फ्लेभिएस जोसेफस (Falvius Josephus, 37-100 AD) पहिलो शताब्दीको प्रसिद्ध यहूदी इतिहासकार व्यक्ति हुन् । उनी फरिसी समुदायको यहूदी थिए । त्यति मात्र होइन उनी इतिहासकार, राजनैतिक अगुवा र सैनिक अधिकारी पनि थिए । उनलाई रोमी सरकारले यहूदीहरूको इतिहास लेख्न लगाएको थियो ।
उनले ’यहूदीहरूको पुरातत्व’ (Jewish Antiquities) भन्ने प्रख्यात पुस्तक लेखे । त्यो पुस्तक यहूदीहरूको पौराणिक संस्कृतिको बारेमा लेखिएको थियो । उक्त पुस्तकको १८ औं भागको २३ पृष्ठमा येशू ख्रीष्टको बारेमा यस्तो लेखिएको छ येशूले धेरै आश्चर्यकर्महरू गरेका थिए । उनी बुद्धिमान् र असल शिक्षक थिए । धेरै यहूदी र गैरयहूदीहरूले उनलाई पछयाए । उनलाई ख्रीष्ट भनिन्थ्यो । पन्तियस पिलातसले उनलाई क्रूसमा झुण्डयाएर मारे तीन दिनपछि उनको पुनरुत्थान भयो । पुनरुत्थानपछि चेलाहरूले उनलाई पछ्याइरहे । उनलाई पछयाउनेहरूलाई ख्रीष्टियन भनियो । आज पनि धेरै मानिसहरूले उनीमाथि विश्वास गरी उनको शिक्षा र सिद्धान्तलाई पछ्याइरहेका छन् । फ्लेभिएस जोसेफसले त्यो पुस्तक इ.सं. ९३–९४ तिर लेखिएको थिए ।
इसाईहरूले लेखेका कागजातहरू (The Documents Written by Christians) :-
सुरुका इसाईहरूले येशू ख्रीष्टलाई विश्वास गरेकोले ठूलो सतावट पाए । येशू ऐतिहासिक व्यक्ति हुनुभएको र उहाँ मृत्युपछि पुनरुत्थान हुनुभएकोले तिनीहरूले त्यो सतावट सहे । यदि येशू ख्रीष्ट ऐतिहासिक व्यक्ति नहुनुभएको भए तिनीहरूले उहांलाई पछ्याउने थिएनन् र उहाँको खातिर सतावट भोगेर मर्न तयार हुने थिएनन् । कसरी सुरुका इसाईहरूले आफ्नो विश्वासलाई बचाइराख्न सके होलान् ? तिनीहरूसँग हामीसंग भएकोजस्तो बाइबल थिएन । हामीसंग भएको नयाँ करार बाइबल इ.सं. ३९७ मा औपचारिक रूपमा निकालिएको थियो । आधारभूत विश्वासको सारको भरमा तिनीहरूले आफ्नो विश्वासलाई स्थिर राखेका थिए । तिनीहरूको विश्वासको सार यसप्रकारको थियो येशू ख्रीष्ट कन्या मरियमबाट बेथलेहेममा जन्मिनुभयो र नासरतमा हुर्कनुभयो । उहाँ महान् शिक्षक र मसीह हुनुहुन्छ । उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ । उहाँले धेरै आश्चर्यकर्महरू गर्नुभयो र धेरै रोगी बिरामीहरूलाई निको पार्नुभयो । उहाँ हाम्रो मुक्तिको निम्ति क्रूसमा बलिदान भई मर्नुभयो ।
उहाँकै कारणले गर्दा नै हामीहरू परमेश्वरका सन्तान हुन पायौँ । उहाँमाथि विश्वास गरेकोले हामी स्वर्गमा जानेछौं । हामी यो संसारको नागरिक हाइनौं किनभने हाम्रो नागरिकता स्वर्गमा छ ।
क्रूसमा टाँगिनुभएका ख्रीष्ट र वरिपरिका घटनाहरूलाई देखेपछि कैयौँ मान्छेलाई क्रूसमा टाँगी मृत्युदण्ड दिँदै आएका रोमी कप्तानले सही निष्कर्ष निकालेका थिए, “साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन्” (मत्ती २७:५४) ।