२० चैत्र २०७९, सोमबार,
धादिङ। जिल्ला अदालत धादिङले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक महिलालाई २ वर्ष कैद गर्ने फैसला गरेको छ । २१ वर्षीया एक महिलालाई गल्छी गाउँपालिका २ की ४५ वर्षीया बालकुमारी परियारले भारतमा लगेर बिक्री गरेको आरोपमा गत साउन १३ मा पीडितले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।
न्यायधिस स्वीकृति पराजुलीको इजलासले यही चैत ६ गते कसुर निर्धारण गरेको र आज २ वर्ष कैद गर्ने फैसला भएको हो । पीडित परिवारले महिला बेचबिखन भएको भन्दै काठमाडौँ स्थित प्रहरी कार्यालयमा उजुरी पनि दिएका थिए ।
पीडित परिवारको तर्फबाट जानकारी पाएपछि माइती नेपालको सहयोगमा भारतीय प्रहरी समेतले उद्धार गरी पीडितलाई परिवारको जिम्मा लगाइएको थियो । भारतमा पुगेकी अभियुक्त नेपाल फर्केपछि उजुरी परेको हो ।