२३ चैत्र २०७९, बिहीबार,
मेचीनगर। मेचीनगर २ भृकुटी बजारमा यात्रुवाहाक बस र बाइकको दुर्घटना ग्रस्त भएको छ। उक्त दुर्घटना भृकुटी बजार स्थित ट्निङमा सुमन चोकबाट इटाभट्टा तर्फ लाग्दै गरेको को.१ ख ४२७५को यात्रुबाहक बससंग प्र.१-०१-०१४ प ९७८० को डिस्कभर बाइक आफ्नो घर जानेक्रममा ठक्कर खाएको हो ।
सो दुर्घटनामा बाइक चालक गम्भीर घाइते र अचेत अवस्थामा स्थानियवासीहरुले नजिकैको स्वस्थ्य क्लिनिकमा प्राथमिक उपचार गरि हस्पिटल तुरुन्तै पठाउने कार्य गरेका थिए ।
स्रोतको जानकारी अनुसार उक्त बाइक चलक गाडागल्ली निवासी इन्द्र मणि आचार्य भएको छ भने घटना ग्रस्त दर्शकहरुको भनाई अनुसार इटाभट्टाबाट गाडागल्ली जादैगरेको बाइक चालकले घुम्तिमा ओभर स्पिड र आफ्नो साइडबाट बाहिर गै बससगं ठोकिन पुगेको बताए।
बससंग बाइक ठोकिएर बाइक चालक ढलेपछी बस चालक कत्तिबेला निस्केर कतिबेला भागिसकेकाे कसैलाई पत्तो नभएको बताए। दुर्घटना भएका बसको अगाडिको भाग शिशा ग्रस्त भएको छ भने बाइकको अगाडिको भाइजर, हेडलाइट, हेन्डिल सकप काम नलाग्ने आवस्था भएको छ।
भृकुटी बजार स्थित सो आजको दुरघटना स्थलमा धेरै चोटि नै यातायात साधनहरु ठोकिने गरेको स्थानिय वासीहरुको भनाइ छ । तर पनि उक्त स्थानमा यातायात साधन दुर्घटना अवरुद्धको बिकल्प भने मध्यनजर नदिएको देखिन्छ।