![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काठमाडौं । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती थिए ।
उनीहरूले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।