काठमाडौँ । नेपाल एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हङ्कङविरुद्ध जितका लागि पाएको एक सय १५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालको जितमा ओपनर द्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक पारी खेले । आसिफले १८ बलमा ४० रन बनाएर आउट भए भने कुशलले १९ बलमा ३२ रन बनाएर पभेलियन फर्किए । कप्तान रोहित पौडेलले नटआउट २५ रन बनाए । सन्दीप जोरा पनि १९ रनमा नटआउट रहे ।
यससंगै नेपाल एक खेलअगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो ।
नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।