– होमराज राई,
मेचीनगर । झापा जिल्ला ईसाई समाजको २५ औ बर्ष ऐतिहासिक रजत महोत्सवको तयारी पुरा भएको छ ।शुक्रबार बसेको समाजको बैठकले बैशाख ११ गतेका दिन बिर्तामोडको सिटी सेन्टरमा रजत महोत्सव हुने अन्तिम तयारी भैसकेको समाजको सचिव राजु चाम्लिङले जानकारी दिनुभएको हो ।
झापाको बिर्तामोड स्थित सिटी सेन्टरमा हुन गइरहेको रजत महोत्सवमा सम्माननीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता रहनेछ । त्यसैगरी नेपाल ईसाई समाजका केन्द्रीय अध्यक्ष पास्टर प्रकाश सुब्बाबाट परमेश्वरको बचन बाचन हुनेछ ।
झापा जिल्ला ईसाई समाजले रजत महोत्वसलाई भब्य, सभ्य र ऐतिहासिक बनाउनका लागि बिभिन्न खालका उपसमितीहरुको निमार्ण,बिभिन्न चरणका अन्तरकृया,भेटघाट भएको जानकारी दिनुभयो ।
ऐतिहासिक रजत महोत्सवमा मुख्य आकर्षणको रूपमा स्मारिका लाकार्पण, बिभिन्न जातिय तथा मौलिक वेशभूषामा सांस्कृतिक नृत्यहरु र विशिष्ठ व्यक्तित्वहरुलाई सम्मान गरिने भएका छन् ।
त्यस्तै रजत महोत्सवलाई भब्य र सभ्य पार्न बिभिन्न संघ–संगठनका प्रमुखहरु,नगरपालिका, ईकाई समाजहरुको बाग्लो उपस्थिति रहनेछन् ।