बिर्तामोड । झापामा बिद्यालय हातामा पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्रीको खुलेआम बिक्री वितरण भईरहेको छ ।
विक्री भइरहेको सूचनापछि झापामा अनुगमनको तयारी गरिएको छ ।
जिल्लाका कतिपय पालिकाका सामुदायिक र संस्थागत विद्यालयले विद्यालय हाताबाटै शैक्षिक सामग्रीको विक्री बितरण गरेको थाहा भएपछि यसको अनुगमन गर्न लागिएको हो ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाका अध्यक्ष विनोद सापकोटाका अनुसार पालिकाको अनुगमन समिति, शिक्षा अधिकारी, सम्बन्धित वडाका वडा अध्यक्ष, राजश्व शाखा, स्थानीय प्रशासन, वाणिज्य संघ, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ लगायत सरोकार राख्ने टोलीले अनुगमन गर्ने भएको हो ।