– होमराज राई ,
ब्यास्त सहरभित्रका दर्दनाक मौन पीडाहरु सडक अनि गल्लि हुदै भौतारिरहेछ । बिरक्तिएका ती पागलपनहरु, रित्तिएका आशाहरु, अनि विरक्तिएका मनहरु । म एक पटक सडकका किनारहरुमा फर्केर हेर्छु । खै कहाँ पुग्नलाई हो, यो ब्यस्त सहरका भीडहरुलाई एकक्षण पनि फुर्सद छैन । कसैलाई कसैको निम्ति सोच्न र बिचार गर्ने फुर्सद छैन दुनियालाई यति खेर । उनीहरु पनि त मानव कोखबाटै जन्मेका ब्यक्ति हुन नी…⁄, तर आज मानव कोखबाटै जन्मेका यस्ता थुप्रै नाबालकहरु पशुसरह जिन्दगी बिताइरहेका छन् । ती सडक र गल्लि हुँदै आशाका घुटको पीउदै टुलुटुलु हेरिरहेछन् , यस्तै छ यो स्वार्थी दुनिया ।
एउटा सहरको सडकको कथा हो यो । आज भन्दा ५बर्ष अघिदेखिको कुरा हो, सबैले खाते भनेर चिनछ उसलाई । करिब २बर्षको उमेरदेखि होला ती बालक त्यही सहरका गल्लि र सडक किनार वरिपरि जीविकोपार्जन गरिरहेको हुन्छ । न उसको आफ्नो नाम नै छ, न आमा–बुवा नै छन् । कहाँबाट र कसरी यो ठाउँमा आइपुगेको आफैलाई र कसैलाई पनि थाहा छैन । कसैले खाते भनेर बोलाउँथ्यो भने कसैले भतुवा कुकुर भनेर बोलाउथ्यो । तर जे भनेपनि उ मानव कोखबाट जन्मेको त निश्चित हो नि । तर, जिन्दगीको बेग्लै मोडमा उभिएको कथा थियो उसको । फाटेका दुर्गन्धित लुगा शरीरभरि घावैघाउले भरिएको सहरको किनारको फोहोर फाल्ने थुप्रोमा हुर्किएको जिन्दगीको कथा छ उसंग । एकदम नजिकको साथी भनेको त्यो सहरको भुसिया कुकुरहरु नै थियो उसको ।सहरको मानिसहरुले खाएका जुठोहरु त्यही फोहोरको थुप्रोमा फाल्ने गर्थे । “ती फालेका जुठोहरु त्यही भुसिया कुकुरहरुसंग लुछातानी हुन्थ्यो ।
त्यसैले कुकुरहरुसंग खाने, खेल्ने र सुत्ने हुँनाले पनि एकै परिवार जस्तै भएर जीवन बिताई रहेको थियो । उसको निम्ति डाक्टर भनेपनि साथी भने पनि कुकुर नै थियो ।
बेला–बलामा शरीरका दुर्गन्धित घाउलाई त्यहि कुकुरले चाटेर सरसफाई गरिदिन्थ्यो । उनी आफू समानको केटाकेटीहरुसंग नजिकिन्थ्यो ,तर सबैले गन्धे खाते पर जा, हाम्रो नजिक नआइजा तेरो साथी कुकुरहरुसंग जा… भन्दै जिस्क्याउथे । तिनीहरुले खानेकुराहरु देखाउँदै खान्थे र भन्थे तेरो त भए पो खान्छस् हा…, हा…, । ती टाँसी गएको आन्द्रालाई घुटुक्क थुकले भिजाउदै फर्किन्छ । अब त उ पनि बुझ्ने भइसकेको थियो । ७ बर्षमा प्रवेश गरिसकेकाले मनमनै बिचार गथ्र्यो म पनि त यिनीहरु जस्तै हो आज किन मेरो जिन्दगीका बाटोहरु बेग्लै बन्दैछ । किन मैले फालेका टुक्राहरु खानु पर्दैछ । आज यिनीह? रमाइरहेछ , हाँसीरहेछ , खाइरहेछ तर म किन हाँस्न सक्दिन ,रमाउन सक्दिन किन सबैबाट एक्लिएको छु ..?, आँखाबाट अविरल आँशुहरु बगिरहन्छ , छाती पोल्न थाल्छ । जब साँझ पर्न थालेपछि सहरका भीडहरु अग्ला–अग्ला महलहरुमा प्रवेसिन्छ तर उ भने सडकका अध्यारो रातहरुसंग मितेरी गाँस्दै ७ बर्षसम्म त्यही सडकमा जिन्दगी बिताएका थिए । अब त पेट पनि बढेर होला ती फालेका टुक्राहरुले सास अडाउन गाह्रो महशुस हुन थाल्छ । त्यसैले पनि गल्लि हुँदो आशालु नजरहरु डुलाउँदै घुमिरहन्छ । त्यहाँ आशाका सट्टा निराशाका अथाक भारीहरु बोकेर आँशुका घुट्को पीउदै रित्तिएका आशाहरु, थकित जिन्दगी त्यहि सडकका किनारमा मर्नु न बाँच्नुको दोसाँधमा फर्किन्छ । आफू ढिलो आएको बेलुका फालेका जुठोहरु पनि कुकुरहरुले खाइसकेर सुतिरहेको हुन्छन् । यताउती हेर्छ केहि छैन ,बिचरा…..⁄, त्यही फोहोर मैला ओढेर तुरिसकेका अलिकति शेष राखेर भोलीको सपना बोकेर सुत्छ ।
त्यसैले पनि त उसलाई भुसिया कुकुरको नाम दिएको थियो सहरिया भनाउदाहरुले ।” ती सुक्ष्म मनस्थितीले साँच्चै म कुकुरै पो हो कि भनि बिचार नगरेको पनि होइन । यो समाज अरुको नामाकरण गर्न निकै छिटो छ, तर उसको वास्तवीक जीन्दगीको कथा कसैले बुझ्न चाहेन । उसको ५ बर्षसम्म गाँस, बास र कपासको ब्यवस्था त्यहि फोहोरको थुप्रोबाट नै भइरहेको थियो ।
एक दिनको कुरा हो , साँझ परिसकेकाले अध्यारोको घुम्टोले छोपी सकेको छ । सडकमा गाडिहरु पत्लामात्र कुदिरहेको छ । एउटा गाडी गुडिरहेको हुन्छ । झ्यालबाट एउटा यात्रीले सडकको किनारमा लडिरहेका एउटा मानव आकृति देख्छ । गाडी रोक्छ र गाडिलाई पछि सारेर हेर्दा यो पुषको कठ्याग्रिदो सिरेटोमा एउटा केटो घावैघाउले भरिएको दुर्गन्धित, दुब्लो शरीर, फोहोर मैलो ओढेर सुतिरहेको जाडोले काँपीरहेको अवस्थामा देख्छ । त्यो यात्रीलाई सारै माया लागेर आउछ र उठाएर सोध्छ । नानी तिम्रो नाम के हो ?, घर कहाँ हो ? आमा–बुवा कहाँ छ ? तर जवाफमा उनले भने–“सबैले मलाई खाते भन्छ , अरु मलाई केहि थाहा छैन ।” यो कुराले यात्रीको मुटु छिया–छिया घायल भएर आउँछ ,आँखाभरि आँशु रसिन्छ । उसले सानै देखि यहि सडकको किनारमा नै जिन्दगी बिताएको बुझेपछि मन ब्याकुल नहुने त कुरै थिएन । यात्रीले यो सहरलाई चारैतिर फर्केर हेर्यो र भन्यो ,“ए ,स्वार्थी सहर ,ए स्वार्थी दुनिया तँ आफ्नै निम्ति कतिन्जेल बाँच्छस् । ए ,ढुंगाको मुटुभएको संसार के अरुले बाँच्नु पर्दैन ?’ खै मानवता, ए सुन्दर सहर खै तेरो सुन्दरता…⁄’ आज सबैलाई धिक्कार छ ।”आज यो ठाउँबाट एउटा खाते जाँदैछ एक दिन यो खाते एक महान पुरुष बनेर आउने छ भन्दै बालकलाई गाडीमा चढाएर आफ्नो घर काठमाडौंमा लान्छ । भोलीपल्ट पुर्याएपछि नुहाइदुहाई गरि घाउलाई डाक्टरमा लगेर औषधी गरी ,केश काटी ,सफा लुगा लगाई मीठो खाने कुरा खान दिन्छ ।
उसको प्रवेश काठमाडौंको एउटा विद्धवानको घरमा हुन्छ । सबै परिवार मिलेर नाचगाँन , भोजभतेर गपर नामाकरण गर्दछ । र त्यस बालकको नाम “नबिन” राखिन्छ । अर्को दिन देखि स्कूलमा नाम लेखि दिन्छन् । र पढ्न शुरु गर्छ । उ बी.ए.पढिसकेपछि अमेरिका जाने मौका पाउँछ । अमेरिकामा १०बर्षसम्म पढ्ने र काम गर्ने गर्छ । उसलाई अमेरिकामा बस्दा नेपालको सडकमा ७ बर्ष बिताएको जिन्दगीको यादहरुले पोलिरहन्छ , हरेक रात सपनामा नेपालको सहर ,सडक र गल्लि हुँदै हजारौं बेसाहारा नानीहरु भोक–भोकै चिच्याइरहेको देख्छ । त्यो अनाथ बालबालिकारु रोइरहेको देख्दा आफै पनि ओछ्यानमा रोइरहेको हुन्थ्यो । उसलाई हरेक रात यस्तै दर्शन देखापथ्र्यो । अब उसले सोच्न थाल्छ मैले नेपालमा गएर लाखौं बेसाहारा ,अनाथ बालबालीकाह?को भविष्य निर्माण गर्नुपर्ने यो मेरो महान दर्शन रहेछ भन्ने कुरा महशुस हुन्छ ।,
त्यो समयमा म पनि त्यहि सडकमा तड्पीरहेको थिएँ, तर आज आदरणीय कर्मदाता बुवाले मलाई यो स्थानमा पु–याउनु भयो । मेरो तर्फबाट उहाँहरुलाई कसरी आदर सम्मान गरौं, जुनै शब्दले पनि अपुग नै हुन्छ । र मलाई जुन शिक्षा सिकाउनु भयो र जुन ठाउँमा पु¥याउनुभयो म यो उहाँको महानतालाई कहिल्यै भुल्न सक्दिन । मैले पनि ब्यवहारमा ल्याउनु बुवाको आदर गरेको महशुस गरी यो कमाएको पैसा मेरो लागी मात्र होइन , मैले मात्र बाँच्ने होइन तर हजारौं मर्न लागेकाहरुको लागि खर्च गर्नु पर्ने दर्शन बोकेर यी सडकका बालबालीका र अनाथहरुको लागि सदुपयोग गर्नुपर्ने अठोट लिएर नेपाल फर्किन्छ । र आफ्नो भविष्य निर्माण गर्ने बुवालाई सबै कुरा बताउँछ । त्यसमा उत्साह साथ आफूले पनि सहयोग गर्ने बाचा गरेपछि नेपालका सबै जिल्लामा रहेको सम्पूर्ण अनाथ बालबालीकाहरुको लागि अनाथ स्कूलहरु स्थापना गर्न शुरु गर्छ । सबै जिल्लामा रहेका लाखौं अनाथ बालबालीकाहरुको भविष्य निर्माणमा आत्मा साथ गरेर अघि बढ्दछ । हिजो सडकका किनारामा भौतारी हिड्ने ती खाते उपनामले चिनिने आज एक महान डाइरेक्टर भएर समाज र देशलाई नै चुनौती दिएको छ ।
संकल्प गरिरहेको छ कि हिजोको उसको अवस्थामा सबैलाई रहन नदिन उसले आज राम्रो कामको शुरुवात गरेको छ ।