मेचीनगर । मेचीनगरबाट करिब १७ लाख मुल्य बराबरको अवैद्य सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज पूर्व पश्चिम राजमार्ग अन्तर्गत निन्दा पुल नजिकैबाट उक्त मुल्य बराबरको अवैद्य सामानहरु नियन्त्रणमा लिएर मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका सामानहरुमा भारतिय नंबर प्लेटको एउटा मारुतीसहित अवैद्य रुपमा ल्याउँदै गरेको इलेक्ट्रिक सामान, मोटर्स पार्टसहरु रहेका छन् ।
‘१६ लाख ८९ हजार भन्दा बढी मुल्य बराबरको अवैद्य सामानहरु बरामद गरी आवयश्यक कारवाहीका लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको छ ।’ सशस्त्र प्रहरीले उपलब्ध गराएको सुचनामा भनिएको छ ।