![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
मेचीनगर । वडा नं.४ मेचीनगरको आयोजनामा तीनदिने योगा प्रशिक्षण सम्पन्न भएको छ ।
शुक्रबारबाट बाहुण्डाँगी बजार स्थित सामुदायिक हलमा सुरुभएको योगा प्रशिक्षण कार्यक्रम आज आइतबार सम्पन्न भएको छ ।
सो तीनदिने योगा प्रशिक्षणमा हाम्रो खानपिन, आयुर्वेद र योगाको आवस्यकता विषयवस्तु तथा स्वास्थ जीवन बाँचौं उद्वेश्य सहित प्रशिक्षण भएको हो।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/yoga-2-1024x768.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/yoga-3-1024x768.jpg)
आयुर्वेद चिकित्सक डा.नवीन बास्तोला, योगा प्रशिक्षक गोपाल सेढाई र प्रशिक्षार्थी कमला बस्नेतलाई वडा कार्यलय कक्षमा वडा अध्यक्ष अर्जुन कुमार कार्कीले धन्यवाद स्वरुप खदा अर्पण तथा सम्मान गर्नु भएको छ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/yoga-1-1024x445.jpg)
त्यस्तै सो प्रशिक्षणमा आयुर्वेद चिकित्सक डा.नवीन बास्तोला र योगा प्रशिक्षक गोपाल सेढाईले औषधी, योगा प्राक्टिकल र खानपीन सम्बन्धी वृद्धवय र जवानहरुगरि ४० जनालाई प्रशिक्षण दिइएको वडा अध्यक्ष अर्जुन कार्कीले बताउनु भयो।