बिर्तामोड । झापाको बिर्तामोडस्थीत नयाँ उज्यालो वचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसका अवसरमा स्थानीय वाल आश्रमलाई सहयोग गरेको छ ।
बिर्तामोडमा रहेको नमस्ते तारा वाल आश्रममा रहेका वालवालिकाहरुलाई खाद्य सामग्री हस्तान्तरण गरेको नयाँ उज्यालो सहकारीले १२ स्थापना दिवस मनाएको संस्थाकी अध्यक्ष सुस्मा भण्डारी पौडेलले बताउनु भयो ।
वाल आश्रममा रहेका २३ जना वाल वालिकाका लागि पाँच हजार मुल्य बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको सहकारी संस्थाका अध्यक्ष पौडेलले बताउनु भयो ।
वाल आश्रमका अध्यक्ष नारायण पोखरेल र कोषाध्यक्ष यसोदा चापागाईलाई खाद्य सामग्री हस्तान्तरण गरिएको पौडेलले जानकारी दिनु भयो । ७७ जनाले पाँच हजारका दरले तिन लाख ८५ हजार शेयर पुँजीबाट शुरु भएको नयाँ उज्यालो सहकारी संस्थामा अहिले दुई हजार चार सय सदस्य र दुई करोड ४० लाख शेयर पुँजी रहेको छ ।