काठमाडौं । भारतीय अभिनेत्री करिना कपुरको पुस्तक ‘प्रेग्नेन्सी बाइबल’ विवादमा परेको छ। उनले पुस्तकमा प्रयोग गरेको ‘बाइबल’ले धर्मको अपमान गरेको आरोप लगाउँदै अदालतमा मुद्दा दायर भएको हो।
मध्य प्रदेश उच्च अदालतले एक नागरिकको निवेदनको सुनुवाई गर्दै करिनाबिरुद्ध नोटिस जारी गरेको छ। उनले धर्ममाथि अपमान गरेर अपराधिक कार्य गरेको भन्दै मुद्दा दायर गरिएको हो।
उनको किताब ‘करिना कपूर खान्स प्रेग्नेंसी बाइबल: द अल्टीमेट म्यानुअल फर मम्स-टू-बी’, अगस्त २०२१ मा सार्वजनिक भएको थियो। जहाँ उनले आफ्ना दुई सन्तान जन्माउँदाको अनुभूति उल्लेख गरेकी छिन्। उक्त किताब लेखनमा उनलाई भारतका चर्चित स्त्री तथा प्रसुति रोग विशेषज्ञले सघाएका छन्।
उनले पुस्तकमा आफ्ना दुवै गर्भावस्थाका शारीरिक र भावनात्मक अनुभवलाई समेटेकी छिन्। जसले आमा बन्न लागिरहेकाहरुलाई सघाउने उनको विश्वास छ ।