एजेन्सी,
सोसल मिडिया प्लाटर्फम ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले पद छाड्ने घोषणा गरेका छन् ।मस्कले कम्पनीको नयाँ सीईओको छनोट गरिसकेको भन्दै नयाँ नेतृत्वले छिटै नै पद सम्हाल्ने उनले जनाएका छन् । लिन्डा याक्कारिनो नयाँ सीईओ बन्ने निश्चित भएको छ ।
मस्कले लिन्डालाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘म ट्वीटरको नयाँ सीईओको रुपमा लिन्डा याक्कारिनोलाई स्वागत गर्न उत्साहित छु ।’
उनले ट्वीटर रुपान्तरणका लागि लिन्डासँग काम गर्न आफू उत्सुक भएको पनि बताएका छन् । लिन्डाले केही दिनपछि काम सुरु गर्नेछिन् ।