झापा । दहीको नियमित प्रयोग स्वास्थ्यको लागि फाइदाजन हुने देखिएको छ । दहीमा पोषक तत्व हुन्छ । दही खान पेटको लागि फाइदाजनक छ । दहीमा प्रोटिन क्याल्सियम, राइबोफ्लेविनको साथै भिटामिन वि ६ र भिटामिन वि १२ जस्ता पोषक तत्व पाइन्छ ।
दहीमा भएको लाभदायक ब्याक्टोरिया तपाईलाई स्वस्थ रहन मदत गर्दछ । साथै गर्मीको समयमा दही र दहीबाट बनेको चिजबाट पेटलाई चिसो बनाउनुको साथै अन्य समस्याबाट पनि बचाउछ । दहीले मुख भित्रको छालामा आउने मसिना खाले खटिरामा दिनमा दुई पटक लगाउनाले ठिक हुन्छ । दही र महलाई समान मात्रामा मिलाएर बिहान बेलुका सेवन गर्नाले यस्तो समस्या ठिक हुन्छ ।
दही खादाका फाइदाहरु :
१. दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, दही बनाउने ब्याक्टेरियाले हाम्रो शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बचाउँछ।
२. दहीले हाम्रो शरीरमा स्वेतरक्त कणिकाको काम गर्छ। दूध मन नपर्नेहरुले दही सेवनबाट पोषक तत्व प्राप्त गर्न सक्छन्।
३. दहीको नियमित सेवनबाट गाभा इन्टरफरान नन प्रोटीनको मात्रा बढी पाइन्छ।
४. यसले रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछ।
५. दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सर हुनबाट बचाउँछ।
६. दहीमा ल्याक्टिक अम्ल बढी मात्रामा पाइन्छ। जसले ठूलो आन्द्रामा दुर्गन्ध उत्पन्न गर्ने जीवाणु– फूटरे फेक्टिभ ब्याक्टेरियाको विकासलाई रोक्छ।
७. ठूलो आन्द्रामा जीवाणुको सन्तुलन बनाइराख्न दहीको नियमित सेवन गर्नुपर्छ।
८. दहीमा क्याल्सियम,मिनरल बढीमात्रामा पाइन्छ। ओस्टियोपोरोसिस नामक रोगले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ।
९. दहीमा कार्बोहाइड्रेट, प्रोटीन, भिटामिन बी ५, भिटामिन बी १२ पनि पाइन्छ।
१०. दहीको सेवनले उच्च कोलेस्टेरोलका रोगीलाई लाभदायी हुन्छ।
११. इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ।
१२. एक अध्ययनले दहीलाई एलर्जी रोकथामका लागि समेत उपयोग गर्न सकिने बताएको छ।
१३. दहीले सौन्दर्य बढाउन मद्दत गर्छ। दहीको नियमित सेवन र घाममा बस्ने हो भने कालो छाला पनि गोरो हुँदै जान्छ।
१४. दहीमा हुने ल्याक्टिक एसिड तत्व प्राकृतिक रुपमा एन्टी फङगल हुन्छ, त्यसकारण यो चाया हटाउन पनि प्रयोग गरिन्छ भने यसले कपालका लागि प्राकृतिक कण्डिसनरको पनि काम गर्छ।
१५. दहीले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। यसले धमनीको क्षेत्रमा कोलेस्टेरोल बन्न दिँदैंन। यसबाट हाइपरटेन्सन र उच्च रक्तचाप हुँदैंन।