२ जेठ २०८१ बुधबार ,
झापा । नेपाली इसाई जगतमा सुसमाचार र चेलापनमा अतुलनीय योगदान पुर्याएका धराेहर एडोन रोङगोङको ८४ वर्षको उमेरमा निधन भएको छ ।
नेपाल क्याम्पस क्रुसेड फर क्राइस्टका संस्थापक समेत रहनुभएका एडोन रोङगोङको आज बुधबार जेठ २ गते विहान भारतको सिलुगुरीमा निधन भएको हो ।
एडोन रोङगोङको सुसमाचार, चेलापन र आत्मिक जागृतिको लागि नेपाली इसाई समुदायमा अतुलुनीय योगदान रहेको छ ।
उहाँले केहि दिन अघि नेपाल सुसमाचार केन्द्रका संस्थापक रेशमराज पौडेलको निधनको खबरमा दुःख ब्यक्त गर्दै “मेरो भाई, अब यहाँ नभेटे पनि वहाँ भेटाउँला ।” भनेर सामाजिक सञ्जालमा एउटा मर्माहित स्टाटस छोड्नु भएको छ ।
नेपाली इसाई जगतमा सुसमाचर र मण्डली स्थापनमा महत्वपूर्ण योगदान पुर्याउनुभएका नेपाल सुसमाचार केन्द्रका संस्थापक रेशमराज पौडेलको केहि दिन अगि निधन भएको थियो ।
एडोन रोङगोङ लेखन तथा पत्रकारको रुपमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो । उहाँ विभावना मासिक पत्रिकाकाे सम्दपादक,सञ्चालक हुनुहुन्थ्यो भने बिभिन्न साहित्यक पुस्तकहरु पनि प्रकाशित गर्नुभएको छ । देशको राजनीति र ख्रीष्टियानीटिमा भइरहेका गतिविधिहरुको पनि उहाँ सक्रिय रुपमा अध्ययन गर्नुहुन्थ्यो ।
स्व. रेभ. डा. रोंगोंगको पार्थिव शरीरको अन्तिम संस्कार १७ मई (शुक्रबार)-को दिन दिउँसो १ बजे हिमालयन फ्रि चर्च-मा त्यसपछि दाह- संस्कारको सेवा कावाखाली कब्रिस्तानमा हुने समाचार प्राप्त भएको छ।