![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काँकरभिट्टा । काठमाडौंबाट शुरुभएको राष्ट्रब्यापी प्रार्थना मोटरसाइकल यात्रा समूहलाई झापाको मेचीपुलमा मेचीनगर ईसाई समाजद्धारा स्वागत गरेका छन् । गुड न्यूज राइडरको आयोजनामा वैशाख ३१ देखि जेठ १३ सम्म ‘राष्ट्रव्यापी प्रार्थना यात्रा’ भइरहेको छ ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/11-pi.jpg)
राष्ट्रब्यापी प्रार्थना मोटरसाइकल यात्राको मुख्य उद्धेश्य पहिलो प्रार्थना, दोस्रो सुसमाचार र तेस्रो संगती भएको अभियानका नेतृत्व डा.बि.पी.खनालले बताए । देशको शान्ति समृद्धि, सुशासन र एकताको लागि निरन्तर प्रार्थना भइरहेको खनालको भनाइ छ ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/5555.jpg)
यस अभियानमा सात वटै प्रदेशलाई नेतृत्व गर्दै १४ जनाले सहभागीता जनाएका छन् । यो अभियान काठमाडौंबाटशुरु भएर महाकालीहुँदै मेची – काठमाडौंमा पुगेर सम्पन्न गर्दा करिब ३७ वटा जिल्ला पुग्ने लक्ष्य रहेको छ ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/22pi-1024x462.jpg)
झापाको मेचीपुलमा ‘राष्ट्रव्यापी प्रार्थना यात्रा’ समूहलाई स्वागत गर्न मेचीनगर ईसाई समाजभित्र रहेका पास्टर अगुवाहरुको उपस्थिति रहेको कार्यक्रममा समाजका अध्यक्ष पास्टर राजु खड्काले सञ्चालन गरेका थिए ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/bbbn-1024x462.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/346148839_263236126269659_7283805004410838008_n-1024x462.jpg)