काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई सोधपुछ नगरेको प्रति असन्तुष्ट जनाएका छन ।
प्रकरणमा मुछिएका सबैलाई सोधपुछका लागि कानुनी दायरामा ल्याउनु पर्ने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत छानविन गर्न माग गरेको हो ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सभापति रवि लामिछानेले मुछिएका मान्छेहरु हेर्नुस, यो राज्यमा हामीले कसको विश्वास गर्ने ? त्यसकारणले यो विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानविन गर्नुपर्ने हुन्छ उनले भने ।