मेचीनगर । अत्याधिक गर्मी बढेसंगै झापाकाे मेचीनगरमा रहेका विद्यालयहरूमा पठन पाठन बन्द गरिएकाे छ ।
गर्मीका कारण बालबालिकाहरूकाे स्वास्थ्यमा असर पर्न जाने भएकोले जेष्ठ १४ र १५ गते सामुदायिक र निजि विद्यालयकाे पठन पाठन स्थगित गरिएकाे मेचीनगर शिक्षा शाखा प्रमुख हाेमनाथ भण्डारीले एक सूचना जारी गरी जानकारी दिनु भएकाे छ ।
शैक्षिकसत्रकाे बर्खेविदाबाट कट्टी हुनेगरी सबै विद्यालयहरूलाई तत्कालका लागि दुईदिन पठन पाठन स्तगित गर्न भनिएकाे भण्डारीले बताउनु भयाे । वहाँका अनुसार जेठ १५ गते पछि माैषमकाे अवस्थालाई हेरेर निर्णय गरिनेछ ।
गतवर्ष पनि अत्यधिक गर्मीका कारण नगरले ६ दिन विद्यालय बिदा दिएको थियो ।
झापामा पछिल्ला केही दिनदेखि अत्याधिक गर्मि बढेकाे छ । झापामा ४१ डिग्रि सम्म तापक्रम मापन गरिएकाे छ ।