विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप भएको छ ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग आज दिउँसो झडप भएको हो ।
प्रहरीले भिड नियन्त्रण लिन ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।
झडपमा परी ५८ जना घाइते भएका छन् । नेपाल प्रहरीका ३०, सशस्त्र प्रहरीका १६ र प्रदर्शनकारी १२ गरी जम्मा ५८ जना घाइते भएका प्रहरीले जनाएको छ। उनीहरुको विराटनगरस्थित कोशी, न्यूरोलगायतका अस्पतालमा उपचार भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादवले बताए ।
भिडलाई तितरबितर बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ल्याएको गाडीबाट प्रहरीले पानीको फोहरा पनि हानेको थियो । आजदेखि कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको छ ।