![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
मेचीनगर । १६ औं गणतन्त्र दिवसका अवसर पारेर प्रेस क्लब मेचीनगरको आयोजनामा आज अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/pratham13-1024x473.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/p-1024x768.jpg)
सोमबार सम्पन्न वक्तृत्वकला प्रतियोगितामा बाल सुवोधनी मा. वि. मेचीनगर १४ का छात्र रमेश नेपाल प्रथम भएका छन् । ‘गणतन्त्र स्थापनामा प्रेसको भूमिका’ विषयक प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरुलाई उछिन्दै उनले प्रथम स्थान सुरक्षित गरेका हुन् ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/grup13-1024x475.jpg)
मेचीनगरको आदर्श माध्यमिक विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा नगर क्षेत्रका आठ विद्यालयबाट विद्यार्थीहरु सहभागी थिए । जसमा कवि शिरोमणी मा. वि. की छात्रा उषा निरौला द्धितिय भइन् भने एभरेष्ट भ्यू इङलिस बोर्डिङ स्कुलकी सन्ध्या कट्टेल त्रितिय बन्न सफल भइन् । उनीहरुलाई क्रमश नगद तीन हजार, दुई हजार र एक हजारसहित खदा र प्रमाण पत्र प्रदान गरिएको छ ।
प्रतियोगिताको मुख्य निर्णायकको भूमिकामा साहित्यकार तथा शिक्षक मिलनकुमार ढुंगाना तथा सदस्यहरुमा साहित्यकार भुवन सुब्बा खरेल र सञ्चारकर्मी हरिकृष्ण भण्डारी रहेका थिए ।
मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरले गणतन्त्रको महत्व र रक्षाका लागि समाजमा हुर्किदैँ गरेका विद्यार्थीहरुको सुझाव र पत्रकारिता क्षेत्रले गर्नुपर्ने कार्यहरुबारे जानकारी लिन कार्यक्रमको आयोजना गरेको थियो ।
प्रतियोगी विद्यार्थीहरुले गणतन्त्र प्राप्तीका लागि समग्र मिडिया क्षेत्रले अतुलनिय योगदान गरेको भएपनि गणतन्त्रले भने सबै वर्ग, समुदाय र नागरिकको मन छुन नसकेको धारणा राखे ।
मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष मुक्ती पौडेल, सहभागी विद्यालयका तर्फबाट बाल सुबोधिनी माविका प्रधानाध्यापक विश्व थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सचिव देबु बानियाँले उद्घाटन सत्रको सञ्चालन र उपाध्यक्ष जीआर धितालले स्वागतसहित प्रतियोगिताको सञ्चालन गरेका थिए ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/350380358_1191956748871770_3695929030641127996_n-1024x576.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/350226674_780170533455125_6593702086866913945_n-1024x473.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/350141749_178671578183735_1569626461820636142_n-1024x576.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2023/05/349526749_1007085953561047_8554398691310823894_n-1024x576.jpg)