![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
विराटनगर । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छन् ।
विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
सोही बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो । पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन् ।
![](https://i0.wp.com/www.newsofnepal.com/wp-content/uploads/2023/05/newskarkahna-news517880.webp?resize=740%2C906&ssl=1)