![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
झापा । छिमेकी राष्ट्र भारतले नेपालको भूभाग समेत समेटेर ” अखण्ड भारत” को नक्सा जारी गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मेची ब्युरोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र अखण्ड भारतको नक्सा जलाएको छ।
![](https://purbigarjan.com/wp-content/uploads/2023/05/FB_IMG_1685544551821.jpg)
भारतले हालै जारी गरेको उक्त “अखण्ड भारत” को नक्सामा नेपालको विराटनगर , कपिलवस्तु र लुम्बिनी समेटेको छ । उक्त कार्यको विरोध गर्दै आज विप्लव निकट विद्यार्थी संगठनले झापा , इलाम र पाँचथरका विभिन्न स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अखण्ड भारतको नक्सा जलाएको हो ।
![](https://purbigarjan.com/wp-content/uploads/2023/05/received_790763559318738-768x1024.jpeg)
झापामा भएको उक्त विरोध तथा पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै झापा जिल्ला अध्यक्ष विनोद सीले नेपाल सरकारले यस विषयमा गम्भीरतापूर्वक कदम चाल्नुपर्ने र सरकारले बेवास्ता गरे लाखौं विद्यार्थीहरु सडक संघर्षमा उत्रने चेतावनी दिएका छन्,।
पुत्ला दहन तथा विरोधमा उत्रिएका विद्यार्थीहरुले भारतीय विस्तारवाद मुर्दावाद ! राष्ट्रघाती दलालहरु होसियार , मिचिएको हाम्रो भुमि फिर्ता गर लगायतका नाराबाजी गर्दै पुत्ला दहन गरेका थिए ।
![](https://purbigarjan.com/wp-content/uploads/2023/05/FB_IMG_1685282397903.jpg)
purbigarjan