काठमाण्डौँ । एनसिएफ नेपाल युवा आयोगले सोमबार नेपाल र अन्तराष्ट्रिय विद्यार्थीसँग छलफल तथा तथा अन्तरक्रिया गरेको छ । युवा आयोगले एनसिएफ.नेपालको केन्द्रीय कार्यालयमा विभिन्न देशका कलेज तथा विश्वविध्यालयका विध्यार्थीहरू र काठमण्डौका विभिन्न कलेजहरूमा अध्ययनरत नेपाली विध्यार्थीहरूको सक्रिय सहभागितामा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अन्तरक्रिया कार्यक्रमा मुख्य वक्ताका रुपमा रहनुभएका पा.डा.शेथले विध्यार्थीहरूका “करियर भर्शेस कलिंग” को विषयमा व्यवाहारिक र बाइलीय शिक्षा शिक्षा दिनुभएको थियो । विभिन्न देशका बिध्यार्थीहरूले वचन, जीवन गवाही, गीत, नाच प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले सामुहीक रुपमा देशका युवाहरुको निम्ति प्रार्थना समेत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा एनसिएफ नेपालका केन्द्रिय अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अतिथी रेभ हनोक तामांग ज्युले आफ्नो सम्वोधनका क्रममा “देशको आशा केवल मण्डली हो र मण्डलीका खम्बाहरू आजका युवा विध्यार्थी रहेको बताउनुभयो । ” त्यसैगरी एनसिएफ नेपाल युवा आयोगका अध्यक्ष लाजरस तामाङले अन्तराष्ट्रिय अन्तरक्रिया कार्यक्रमले नेपाली मण्डलीका युवाहरु र अन्तराष्ट्रिय युवाहरुको सम्बन्धलाई समधुर बनाउने बताउनुभयो ।
उहाँले आउने दिनहरुमा नेपाली मण्डलीका युवाहरु पनि विद्यालय छुट्टीको समयमा विभिन्न ठाउँमा सेवाका लागि जानुपर्ने बताउनुभयो । “सम्बन्ध, संगती र सहकार्यले सेवाकाईमा लाग्न युवाहरूलाई थप प्रेरणा, उत्साह र उर्जा मिल्ने र आगामी दिनहरूमा युवा सेवाकाईको पाललाई तन्काउनु जानु पर्छ।” यस एनसिएफ नेपाल युवा आयोगका अध्यक्ष श्री लाजरस तामांगले बताउनु भयो ।
एनसिएफ नेपाल युवा आयोगले सोमबार नेपाल र अन्तराष्ट्रिय विद्यार्थीबीच भएको यस कार्यक्रमलाई मन्दिपले संचालन गर्नु भएको थियो ।