![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा आइतबार र सोमबार पनि विदा दिइएको छ । अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रका विद्यालयलाई यसअघि दिइएको विदा पुन दुई दिन थपिएको हो ।
मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना निकालेर आगामी बर्खे विदाबाट कट्टा हुनेगरी आइतबार र सोमबार विद्यालय विदा दिइएको जानकारी दिनुभएको छ ।
पछिल्ला केहिदिन यता तराई क्षेत्रमा अत्याधिक गर्मी बढिरहेको छ । जसका कारण यसअघि पनि नगरपालिकाले सुचना निकाल्दै दुई दिन विदा दिएको थियो ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/06/suchana-768x1024.jpg)