मेचीनगर । विश्व वातावरण दिवसको अवसर पारेर सरसफाई तथा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर वडा नं.४ को आयोजनामा नवकिरण युवा क्लवको परिसर आसपासमा मेचीनगर प्रमुख गोपाल बुढाथोकी र वडा अध्यक्ष अर्जुन कार्कीको बहुलीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।
विश्व वातावरण दिवसको अवसरमा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुन कार्किको नेतृत्वमा फुल्ने शिरीषको फूल प्रजातिका बिरुवा वृक्षारोपण भएको छ। उक्त वृक्षरोपण क्रममा हाल उच्च गर्मी र तापको कारणले सुख्खा जमिन भएकोले ६ वटा मात्र रोप्ने र बाँकी पानी झरी मौसममा रोप्ने अध्यक्ष कार्कीको भनाइ छ। कम्तिमा १५ वटा बिरुवाहरु रोप्ने र यस्तो बिरुवा रुखहरु सडक खण्ड सबैठाउँमा रोप्ने योजना रहेको छ। वातावरण र मानवीय संरक्षण दुवै कार्यको अभ्यास र वृक्षारोपण र स्वास्थ परिक्षण गरिएको अध्यक्ष कार्कीको भनाई थियो।
नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ ।
आजको सो वृक्षारोपण कार्यक्रमको स्थलमा मेचीनगर प्रमुख स्वस्थ्य शाखाको क्षयरोग परिक्षण सम्बन्धी चिकित्सकहरुले औषधिहरु सहित सहभागीता रहेको थियो। कार्यक्रममा नगर प्रमुख गोपाल बुढाथोकी , प्रहरी ,जनप्रतिनिधि ,व्यवसाय र समाजसेवीहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य पवन बराइलीले गरेका थिए।