काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित मदन भण्डारी स्मृती पार्कमा लागेको आगो सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकाय र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।
सोही ठाउँमा रहेको जीवन रेग्मीको ४ तल्ले घरमा दिलीप कुमार शाहले संचालन गर्दै आएको चाउचाउ, विस्कुट गोदामा ग्यास लिकेज भई आगलागी भएको प्रहरीले जानकारी दिएकाे छ ।
आगलागी नियन्त्रणको लागि २० विपद् उद्धार गण सिनामंगलबाट खटिएको सुरक्षा फौज सक्रियताकासाथ आगो नियन्त्रणमा जुटेका थिए ।
आगलागीबाट भएको क्षति एकीन विवरण भने आउन बाँकी रहेको छ।