![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र बुधबार पनि विदा दिइएको छ ।
अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रका विद्यालयलाई यसअघि दिइएको विदा दोस्रो पटक पुन दुई दिन थपिएको हो ।
मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना निकालेर आगामी बर्खे विदाबाट कट्टा हुनेगरी २३, २४ गते (मंगलबार र बुधबार) विद्यालय विदा दिइएको जानकारी दिएका छन् ।
पछिल्ला केहिदिन यता तराई क्षेत्रमा अत्याधिक गर्मी बढिरहेको छ ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/06/FB_IMG_1685951109136.jpg)