![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
खबरपोस्ट अनलाइन समाचारदाता,
काँकरभिट्टा । मानव बेचबिखन तथा लैङ्गिक हिंसा बिरुद्ध काँकरभिट्टा परिसरमा सचेतनामूलक मौन र्याली सम्पन्न भएको छ । आज बिहिबार इलाका प्रहरी काँकरभिट्टाको आयोजना तथा बिभिन्न सरोकारवाला संघ संस्थाहरुको सहभागितामा सम्पन्न भएको हो ।
![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/hanab-1024x408.jpg)
समुदाय–प्रहरी साझेदारी ब्यानरमा “शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि, “लैङ्गिक हिंसा तथा मानव बेचबिखन ओसार–पसार बिरुद्धको अभियान” भन्ने नाराका साथ समाजमा चेतनामूलक सन्देश दिएका थिए ।
त्यस्तै र्यालीमा सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान, मानव बेचबिखन तथा ओसार–पसार जरैदेखि निर्मुल गरौं, मानव बेचबिखन रहित सभ्य र स्वच्छ समाजको स्थापनाको निमित्त हातेमालो गरौं, हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज र जागौं मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध सधैं लागौं जस्ता प्लेकार्ड सहित इलाका प्रहरी कार्यालय परिसरबाटशुरु भएको मौन र्याली काँकरभिट्टा बसपार्क पश्चिमहुँदै पूर्वीय नाकामा रहेका नेपालको राष्ट्रिय झण्डामुनी समापन भएको थियो ।
![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/fd-1024x499.jpg)
यस सचेतना र्याली कार्यक्रममा इलाका प्रहरी कार्यालय, समुदायीक सेवा केन्द्र, माइती नेपाल, साहसी महिला नेपाल, सानाहातहरु नेपाल, नव अभियान नेपाल, आफन्त नेपाल र सशस्त्र प्रहरी बल काँकरभिट्टालगायतको उपस्थिति रहेको थियो ।
![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/ewe-1024x352.jpg)