![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनावमा ५ हजार २० मत खसेकाे छ ।
मेचीनगर–६, काँकरभिट्टा माविको परिसरमा जारी खानेपानीकाे चुनावमा ७४ प्रतिशत मत खसेकाे निर्वाचन समिति सदस्य केशव पाेखरेलले जानकारी दिए ।
उनले ६ हजार ७७४ मतदाता मध्ये ५ हजार २० जनाले मतदान गरेकाे बताए । विहान ८ वजेदेखि सुरू मतदान साँझ ५ वजे सकिएकाे छ ।
मतगणना भाेलि विहान ८ वजेदेखि खानेपानी कार्यालयकाे सभाहलमा हुने निर्वाचन समिति संयाेजक राजु कार्कीले बताए ।
![](https://khabarpostonline.com/wp-content/uploads/2024/04/mechi-udhyog.gif)
![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/1000006318-744x1024.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2024/04/1-1.gif)