काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको निर्वाचन आज हुँदैछ । आज बिहान ७ बजेदेखि सुरु हुने मतदान अपरान्ह ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिनुभयो ।
६ हजार ६ सय ७४ जना मतदाता रहेको खानेपानी संस्थाको मतदान काँकरभिट्टा मावि परिषरमा हुने र त्यसका लागि ६ वटा मतदान केन्द्र तयार गरिएको निर्वाचन समिति संयोजक कार्कीले जानकारी दिनुभयो ।
मतगणना भोलि विहान ८ बजेदेखि सूरु गरिने निर्वाचन समितिले निर्णय गरेको कार्कीले बताउनु भयो ।
नेपाली काँग्रेसको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय लोकतान्त्रीक मञ्च र नेकपा एकीकृत समाजवादी सम्मिलित लोकतान्त्रीक प्रगतीशील प्यानलबाट काँग्रेसका रोहितकुमार बुढाथोकी अध्यक्षका उम्मेद्वार हुनुहुन्छ भने नेकपा एमाले र जसपाको प्रगतीशील समाजवादी प्यानलका तर्फबाट एमालेका सन्तोस आचार्य अध्यक्षका उम्मेद्वार रहनु भएको छ ।
त्यसैगरी रास्वपाको समर्थन रहेको स्वतन्त्र उपभोक्ताहरुको प्यानलबाट सुदर्शन खड्का अध्यक्षका उम्मेद्वार हुनुहुन्छ ।
त्यस्तै लेखा समितिको संयोजककमा राप्रपाका किशोर शर्मा भण्डारी, एमालेका सोमराज ढकाल र रास्वपाका भेषराज ओलीबीच प्रतिस्पर्धा हुनेछ ।