![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभाेक्ता संस्थाकाे मतगणना सुरू भएकाे छ । अहिले मतपत्र छुट्याएर गणनाकाे लागि तयार पार्ने काम सुरू भएकाे निर्वाचन समितिका संयाेजक राजु कार्कीले बताए ।
उनका अनुसार ६ ठाउँमा मतगणना गरिनेछ । आज राति १० बजे सम्ममा परिणाम आउने सक्ने गरी गणना गरिने कार्कीले जानकारी दिए ।
हिजाे भएको मतदानमा ४ हजार ९ सय २० मत खसेको छ । ६ हजार ६ सय ७४ जना मतदाता रहेको खानेपानी संस्थाको मतदानमा ७३.७१ प्रतिशत मतदान भएको छ ।
काँकरभिट्टा खानेपानीको अध्यक्षका लागि नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी, नेकपा एमालेका सन्तोस आचार्य र रास्वपाकाे समर्थनमा सुदर्शन खड्काबीच प्रतिस्पर्धा रहेको छ ।
![](https://khabarpostonline.com/wp-content/uploads/2024/01/khabarad-2.gif)
![](https://khabarpostonline.com/wp-content/uploads/2024/04/1-1.gif)
![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/1000006417-799x1024.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2024/04/mechi-udhyog.gif)
![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/download-1342x1536-1-895x1024.jpg)