काँकरभिट्टा । काँकरभिट्टा खानेपानीको मतगणनामा अध्यक्ष तथा सचिवमा लोकतान्त्रीक साझा प्यानलले अग्रता लिएको छ ।
मतपरिणाम ३ सय गणना हुदाँ उपाध्यक्ष र कोषाध्यक्षमा भने प्रगतिशिल समाजवादी प्यानलले अग्रता बनाएको छ । काँग्रेसका अध्यक्षका उम्मेदवार रोहित बुढाथोकीले १ सय ३५ मत प्राप्त गर्नु भएको छ ।
उहाँलाई अध्यक्षका एमाले उम्मेद्वार सन्तोस आचार्यले १ सय ११ मतका साथ पछ्याइरहनुभएको छ । त्यस्तै अध्यक्षमा रास्वपाका उम्मेद्वार सदर्शन खड्काले २८ मत पाउनु भएको छ ।
उपाध्यक्षमा भने एमालेका गोबिन्द गिरी १ सय ५१ मतका साथ अगाडी हुनुहुन्छ । उहाँलाई माओवादी केन्द्रका राजकुमार दाहालले ७८ मत का साथ पछ्याइरहनुभएको छ । रास्वपाका कृष्ण सुवेदीले ३३ मत पाउनु भएको छ ।
त्यस्तै सचिवमा काँग्रेसका विशाल तामाङले १ सय २० मतका साथ अग्रता बनाउनुभएको छ । जसपाका दिलिपजंग सुब्बाले १ सय ४ र रास्वपाका नरेन्द्र शिवाकोटीले ४५मत प्राप्त गर्नु भएको निर्वाचन समितीले जनाएको छ । कोषाध्यक्षमा एमालेकी बिमला तामाङ १ सय २५ मतका साथ अगाडी हुनुहुन्छ । त्यस्तै नेकपा एसकी बिमला देवकोटाले १ सय ९ र रास्वपाकी सुधादेवी खड्काले २९ मत प्राप्त गर्नु भएकोे छ ।