मेचीनगर । प्रत्येक वर्षको जून महिनाको १२ तारिखमा विश्वभरि विश्व बाल श्रम विरुद्धको दिवस मनाउने गरिन्छ । बालश्रमका विरुद्धमा विविध कार्यक्रम गरेर प्रत्येक वर्ष नेपालसहित विश्वभर यो दिवस मनाउने गरेको पाइन्छ ।
बालश्रमका विरुद्धमा विविध कार्यक्रम गरेर भोलि जुन १२ मा नेपालसहित विश्वभर यो दिवस मनाउनेछ ।
यो दिवसले सरकार, रोजगारदाता र श्रमिक सङ्गठनहरू, नागरिक समाजका साथै विश्वभरका लाखौँ मानिसहरूलाई बालश्रमको दुर्दशाका बारेमा आवाज उठाउने गरेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले सन् २००२ देखि अन्तर्राष्ट्रिय रूपमा यो दिवस मनाउन थालेको हो ।
बालश्रम बालबालिकाले कलिलो उमेरमा परिपक्व जस्तै गरी गर्ने काम नै शारीरिक वा मानसिक श्रम हो । शारीरिक वा मानसिक रुपमै बालबालिकालाई असर पुर्याउने कामहरूमा बालबालिका संलग्न हुन्छन् वा संलग्न गराइन्छ भने त्यसलाई नै बालश्रम भनिन्छ ।
मानसिक, सामाजिक र शारीरिक रूपमै असर पर्ने गरी बालबालिकालाई रोजगारमूलक काम एवम् विभिन्न श्रममा लगाउनु बालश्रम हो । कानुनले १८ वर्ष मुनिकालाई बालबालिका मानेको छ । शारीरिक तथा मानसिक तवरले परिपक्व मानिसले मात्रै श्रम गर्नुपर्छ । बालबालिकालाई श्रममा लगाउन कानुनले रोकेको छ ।
बालश्रम बिरुद्ध आईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धी १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ बाट १२ जुनलाई विश्व बालश्रम बिरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ ।