मेचीनगर । नेपाल पत्रकार महासंघ झापा शाखाले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै पत्रकारहरुको संस्था प्रेस चौतारी झापा आन्दोलनमा उत्रिएको छ।
महासंघले सदस्य शुद्धीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर आफुखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्नु परेको प्रेस चौतारी नेपालका झापा इन्चार्ज सन्तोष आचार्य जानकारी दिए ।
आचार्यले महासंघले गरेको कार्यका विरुद्ध आन्दोलन सुरु गरेको बताए । उनले यसको थालनी स्वरुप आज महासंघमा कालो झन्डा राखेर धर्ना दिएको बताए ।
महासंघले पठाएको नामका सन्दर्भमा प्रदेश कमिटीले छनविन समिति माग गरिएको छ ।
राजनीतिक आस्था भएकै कारण र गैर पत्रकारको समेत नाम शुद्धीकरणका लागि सिफारिस गरेकोमा एमाले निकट पत्रकारहरुको संस्था चौतारीले आपत्ति गरेको छ ।
आफ्नो मागको बेवास्था गरे चरणबद्ध आन्दोलन गर्ने प्रेस चौतारीले चेतावनी दिएको छ ।