काँकरभिट्टा । मेचीनगरका सञ्चारकर्मीहरुका लागि विकास पत्रकारिता तालिम सुरु भएको छ । मेचीनगर सञ्चार प्रतिष्ठानले नगरपालिकाको सभाहलमा दुई दिवसीय विकास पत्रकारिता तालिम आयोजना गरेको हाे ।
शनिबार भएको पहिलो दिनकाे तालिममा मेचीनगरका ३० बढी सञ्चारकर्मी सहभागी भएको थियाे ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले व्यानर पढेर तालिमको उदघाटन गर्नुभएको थियो । त्यसक्रममा उहाँले मिडियाकर्मीहरुमा एकद्वार प्रणालीबाट जान सञ्चार प्रतिष्ठान गठन गरिएको बताउनुभयो ।
उपप्रमुख उप्रेतीले पछिल्लो समय सञ्चारकर्मीहरुसँग सहकार्य गरेर अघि बढ्नबाट नगरपालिका चुकेको र नगरपालिकाको तर्फबाट पत्रकारहरुसँग पर्याप्त छलफल र सहकार्य नभएकोमा आफुलाई पीडा बोध भएको बताउँनु भयाे ।
वडा नम्बर ७ अध्यक्ष प्रह्लादमणि ओलीले नगरपालिकाले जनताको आवाज बाहिर ल्याउने सञ्चारकर्मीहरुका लागि लगानी गर्नुपर्ने बताउनुभयाे । उहाँले नगरले कोषनै बनाएर मिडियाकर्मीहरुका लागि छुट्याउनु पर्ने समेत बताउनुभयाे ।
त्यस्तै नगरपालिका प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, प्रेस कल्ब मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल र प्रेस कल्ब मेचीनगरका अध्यक्ष डम्बर बरालले शुभकामना मन्त्वय राख्नुभएको थियो ।
तालिममा पत्रकारहरुको आचार संंहिताका बारेमा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेलले,विकास पत्रकारीताको अवस्थाका बारेमा पत्रकार मोहन काजी तथा विकास पत्रकारीताको चुनौतीका बारेमा पत्रकार ज्ञानेन्द्र निरौलाले सहजिकरण गर्नुभएको थियो ।
प्रतिष्ठान अध्यक्ष शिशिर चम्लगाईँको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्वागत सदस्य झुलन रेग्मी र संचालन सदस्य सचिव प्रकाश पौडेलले गर्नुभएकाे थियो ।