काठमाडौँ । भारतीय चलचित्र आदिपुरुषको निर्माता कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पत्र पठाएर उनलले प्रश्न उठाएको चलचित्रको संवादबारे प्रष्टीकरण दिएको छ ।
आइतबार सो कम्पनीले मेयर शाहलाई पत्र पठाएर प्रष्टीकरण दिएको हो ।
विवादित संवाद माता सीताको जन्मस्थलसँग सम्बन्धित नभएर आम महिला विशेष गरेर भारतसँग सम्बन्धित रहेको कम्पनीले प्रष्टीकरण दिएको छ । मेयर साहले सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरे पछि सो शब्द नसच्चाएसम्म काठमाडौंमा भारतीय चलचित्र चलाउन नदिने घोषणा गरको केही घण्टामै सो कम्पनी प्रष्टीकरण दिएको हो ।
कम्पनीले कुनै पनि किसिमले नेपाली जनताको भावनामा ठेस पुर्याउने चलचित्रको उद्देश्य नरहेको बताउँदै कम्पनीले माफीसमेत मागेको छ । यस चलचित्रलाई कलाको रुपमा बुझिदिन र इतिहासलाई धेरै दर्शकसम्म पुर्याउने चलचित्रको उद्देश्यलाई सहयोग गर्न आग्रह समेत गरको छ ।
यता बालेनले भने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट नहटाएको भन्दै काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गर्ने बताएका छन् ।
शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले हटाउन आह्वान गरेको स्मरण गरेका छन् ।