मेचीनगर । मेचीनगर नगरपालिकाले प्रस्तावित बजेट दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ आएको छ । मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तावित भएको हो ।
आज मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् ।
उपप्रमुख उप्रेतीेले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरिन् ।
बजेटका विषयमा असार १२ गतेसम्म छलफल हुनेछ । बुधबार विहान ८ वजे वैठक फेरि बस्ने गरि आजलाई समापन भएको छ ।
बुधबार मात्र पूर्ण बजेट आउने बताइएको छ ।
कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गरेका थिए ।