मेचीनगर, ११ असार । चट्याङ लागेर झापामा दुई जनाको मृत्यु भएको छ।
झापाकाे कमल र गाैरीगञ्ज गाउँपालिकाका विहान भारि वर्षासँगै परेकाे चट्याङले २ जनाकाे मृत्यु भएको हाे ।
मृत्यु हुनेमा कमल–२ का ४६ बर्षीय राजन खड्का र गौरीगञ्ज–८ का ४२ बर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरीका प्रवक्ता एवम् डीएसपी कृष्ण चन्दले विहानै घरबाट खेततर्फ जाने क्रममा एक्कासी परेको चट्याङ लागेर खड्का घाइते भएकाे बताए ।
उपचारका लागि दमक स्थित आम्दा अस्पताल पुर्याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेको उनकाे को भनाई छ ।
यता, गौरीगञ्ज गाउँपालिका–३ मा सीताराम दाहालको खेतमा धानको विउ उमार्ने क्रममा विकास गिरीलाई विहान चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दले बताए ।